प्रस्तावित राजदूतविरुद्ध परेका उजुरीमाथि छलफल नै नहुने

हिमाल प्रेस १६ साउन २०८० १६:४६
8
SHARES
प्रस्तावित राजदूतविरुद्ध परेका उजुरीमाथि छलफल नै नहुने फाइल तस्बिर

काठमाडौँ- संसदीय सुनुवाइ समितिमा विभिन्न मुलुकका लागि प्रस्तावित राजदूतबारे परेको उजुरीमाथि छलफल नहुने भएको छ। आज मंगलबार बसेको समितिको बैठकले प्रस्तावित राजदूतबारे परेको उजुरीमाथि छलफल नै नगर्ने निर्णय गरेको हो। सरकारले विभिन्न ६ मुलुकका लागि राजदूतको नाम प्रस्ताव गरेको छ। संसदीय समितिले पनि उनीहरूविरुद्ध उजुरी आह्वान गरेको थियो।

तर, प्रस्तावित राजदूतविरुद्ध परेको उजुरीहरू छलफल गर्न लायक नभएकोले छलफल नगर्ने निर्णय भएको समितिका जेष्ठ सदस्य सभापति ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

‘उजुरी परेको निवेदनहरू छलफल गर्न लायक नभएकोले छलफल नगरी संसदीय सुनुवाइ अघि बढाउने निर्णय भएको छ’ कार्कीले भने। संसदीय सुनुवाइ समितिले प्रस्तावित राजदूतहरुको नाम अनुमोदन गरेपछि राष्ट्रपतिले उनीहरुलाई नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।

त्यस्तै आजको बैठकले राजदूत सिफारिसमा समावेशीलाई ख्याल नदिइएको भन्दै जवाफ दिन परराष्ट्रमन्त्री एनपी साउदलाई बोलाउने निर्णय पनि गरेको छ।

सरकारले न्यूयोर्कस्थित संयुक्त राष्ट्र संघको नेपाल नियोगमा आवासीय प्रतिनिधि तथा राजदूत लोकबहादुर थापा, जेनेभास्थित संयुक्त राष्ट्र संघीय नियोगका आवासीय प्रतिनिधि रामप्रसाद सुवेदी, संयुक्त अरब इमिरेट्सका लागि राजदूतमा तेजबहादुर क्षेत्री, कुवेतका लागि राजदूतमा घनश्याम लम्साल, थाइल्याण्डका लागि धनबहादुर ओली र फ्रान्सका राजदूतमा सुधीर भट्टराईको नाम प्रस्ताव गरेको थियो।

प्रस्तावित राजदूत क्षेत्रीविरुद्ध उजुरीबारे संसदीय समितिमा छलफल*

प्रकाशित: १६ साउन २०८० १६:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + nineteen =