न्यारोबडी जहाज खरिद प्रक्रियाबारे १५ दिनभित्र जवाफ पेस गर्न निगमलाई संसदीय समितिको निर्देशन

हिमाल प्रेस १९ चैत २०८० १३:४७
8
SHARES
न्यारोबडी जहाज खरिद प्रक्रियाबारे १५ दिनभित्र जवाफ पेस गर्न निगमलाई संसदीय समितिको निर्देशन फाइल तस्बिर

काठमाडौँ– न्यारोबडी जहाज खरिद प्रक्रियाका बारेमा १५ दिनभित्र स्पष्ट जवाफ पेस गर्न नेपाल वायुसेवा निगमलाई अन्तर्राष्ट्रिय समितिको निर्देशन दिएको छ। प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सोमबार बसेको बैठकमा निगमलाई यस्तो निर्देशन दिएको हो।

समितिले न्यारोबडी जहाज खरिद प्रक्रिया भ्रष्टाचारजन्य कार्य नभएको समितिलाई विश्वास हुनेगरी स्पष्ट जवाफ पेस गर्न समिति सभापति राजकिशोर यादवले निर्देशन दिए। उनले समितिले न्यारोबडी जहाजका विषयमा उपसमिति बनाएर छानबिन गरिने बताए।

न्यारोबडी जहाज खरिद सम्झौताको बेलामा भएका सबै प्रक्रियाको बारेमा पनि पेस गर्न उनले आग्रह गरे। सभापति यादवले परिस्थितिजन्य कारणले भ्रष्टाचार भयो भन्ने समितिलाई विश्वास दिलाउन नसके समितिले थप कारबाहीको लागि बाध्य हुने चेतावनी दिए।

उनले दुई हप्ता भित्र न्यारोबडी इन्जेक प्रक्रियामा कुनै बद्मासी नभएको विश्वास दिन जरुरी रहेको बताए। उनले दुबईको निर्णय कुन परिस्थिति र किन भयो? कारणसहित पेस गर्न पनि निर्देशन दिए। निगमले जहाज खरिदपछि बनाएको व्यवसायिक योजना पनि पेस गर्न उनले निर्देशन दिएका छन्।

उनले युरोपियन युनियनको कालोसूचिबाट हट्नको लागि नागरिक उड्डयन प्राधिकरण र नेपाल वायुसेवा निगम एक ठाउँमा हुन जरुरी रहेको बताए।

प्रकाशित: १९ चैत २०८० १३:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × one =