पूर्वाधार समितिले डेडिकेटेड र ट्रङ्क लाइनबारे ऊर्जामन्त्रीसँग जानकारी लिने

हिमाल प्रेस १६ पुष २०८० १७:३७
6
SHARES
पूर्वाधार समितिले डेडिकेटेड र ट्रङ्क लाइनबारे ऊर्जामन्त्रीसँग जानकारी लिने

काठमाडौँ- प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिले डेडिकेटेड र ट्रङ्क लाइनबारे ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतसँग जानकारी लिने भएको छ।

सिंहदरबारमा सोमबार बसेको समिति बैठकले डेडिकेटेड र ट्रङ्क लाइन, नेपाल-भारत विद्युत् व्यापारसम्बन्धी सम्झौतालगायतका विषयमा ऊर्जामन्त्रीसँग छलफल गर्ने निर्णय गरेको हो। बैठकमा विद्युत् व्यापार विधेयक, २०८० लाई विषयमा पनि छलफल भएको थियो।

सो विषयमा पनि समितिले विज्ञसँग छलफल गर्ने जनाएको छ। बैठकमा समिति सदस्यले उद्योगी र सरकारबीचको डेडिकेटेड र ट्रङ्क लाइन विवाद समितिको सरोकारको विषय भएकाले समितिले मन्त्रीसँग छलफल गर्नुपर्ने धारणा राखेका थिए।

समिति सदस्य माधव सापकोटाले मन्त्रीसँगै आवश्यक कागजात पनि मगाउनुपर्ने र साझा चासोको विषयमा छलफल गर्नुपर्ने बताए।

त्यस्तै समिति सदस्य प्रदीप पौडेलले विद्युत् व्यापार विधेयकका सन्दर्भमा संशोधनकर्ताका साथै विज्ञसाग छलफल गर्नुपर्ने बताए। उनले समितिमा परेका उजुरीलाई अध्ययन गर्दै प्रभावकारी रूपमा छलफल चलाउनुपर्ने धारणा राखे।

बैठकले पूर्वाधारका कामलाई समयमानै सम्पन्न गर्न आवश्यक सुुझाव तयार गर्ने उदश्यकले कार्यदल समेत बनाउने निर्णय गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − seven =