इलाम मतगणना : मतान्तर घटाउँदै एमालेका सुहाङ

हिमाल प्रेस १६ वैशाख २०८१ १७:२०
48
SHARES
इलाम मतगणना : मतान्तर घटाउँदै एमालेका सुहाङ

काठमाडौँ- इलाम निर्वाचन क्षेत्र-२ अन्तर्गत फाकफोकथुम गाउँपालिका १, २ र ३ नम्बर वडाको मतगणना सकिएको छ। यी तीन वडाको ४ हजार ३२ मतगणना हुँदा नेपाली कांग्रेसको अग्रता कायम छ। एमालेका सुहाङ नेम्वाङले मतान्तर घटाएका छन्। उनीहरूबीचको मतान्तर ४२ मा झरेको छ। यसअघि १ र २ नम्बर वडाको मतगणना सकिँदा सुहाङ ८३ मतले पछाडि थिए।

खड्काले एक हजार ६ सय ४३ मत पाउँदा एमालेका सुहाङले १६ सय १ मत पाएका छन्। तेस्रो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ४ सय ३६ मत र चौथो स्थानमा रहेका रास्वपा उम्मेदवार मिलन लिम्बूले ३ सय ५ मत पाएका छन्।

प्रकाशित: १६ वैशाख २०८१ १७:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + eight =