प्रतिनिधिसभा बैठक बस्दै

हिमाल प्रेस १९ चैत २०८० ७:३४
प्रतिनिधिसभा बैठक बस्दै प्रतिनिधिसभाको आइतबार बसेको बैठक। तस्बिर : रासस

काठमाडौँ- प्रतिनिधिसभाको बैठक आज (सोमबार) बस्दैछ। संघीय संसद् भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ।

बैठक बिहान ११ बजे बोलाइएको छ। आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने छन्।

साथै, उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले राष्ट्रियसभामा उत्पति भएको ‘विद्युत व्यापार विधेयक २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने महासचिव पदमप्रसाद पाण्डेयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ।

प्रकाशित: १९ चैत २०८० ७:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + eleven =