प्रस्तावित राजदूत क्षेत्रीविरुद्ध उजुरीबारे संसदीय समितिमा छलफल*

हिमाल प्रेस १६ साउन २०८० १३:४१
44
SHARES
प्रस्तावित राजदूत क्षेत्रीविरुद्ध उजुरीबारे संसदीय समितिमा छलफल* फाइल तस्बिर

काठमाडौँ- संघीय संसद्को संसदीय सुनुवाइ समितिमा प्रस्तावित राजदूतविरुद्ध परेका उजुरीमाथि छलफल सुरु भएको छ। मंगलबारको छलफलमा राजदूत सिफारिस भएका व्यक्तिविरुद्ध परेका उजुरीबारे जानकारी गराइएको छ। उजुरीमाथि जानकारी गराएसँगै छलफल सुरु भएको हो।

राजदूतमा प्रस्तावित एक व्यक्तिमाथि अंग्रेजी एक अनुच्छेद पनि लेख्न नसक्ने, मन्त्रालयमा टीका लगाएर छिरेको आरोपहसितको उजुरी परेको छ। त्यस अलवा अन्य पाँच उजुरी परेको छ। नाम र मन्त्रालयको विवरण नखुलाई इमेलमार्फत पठाएको उजुरी प्रस्तावित राजदूत तेजबहादुर क्षेत्रीविरुद्ध एउटा छ भने अन्यको हकमा पनि उजुरी परेको छ। क्षेत्रीलाई सरकारले युनाइटेड अरब इमिरेट्स (यूएई) का लागि राजदूतमा सिफारिस गरेको छ।

‘तेजबहादुर क्षेत्री राजदूतका लागि असक्षम छन्। यिनी टीका लगाएर मन्त्रालय छिरेका हुन्। आजसम्म कहिल्यै पनि पास भएका छैनन्,’ उजुरीमा उलेलेख छ, ‘यिनले एक प्याराग्राफ पनि अंग्रेजी लेख्न सक्दैनन्। यिनलाई यो टेस्ट लिन पनि सकिन्छ। यस्ता मान्छेले देशकै बेइज्जत गर्ने हुन्।’ यद्यपि उनी लोक सेवा पास गरेर नै मन्त्रालय प्रवेश गरेका र अहिलेको राजदूत नियुक्तिमा उनी तेस्रो बरियातामा रहेका व्यक्ति हुन्। यसरी बेनामे उजुरी परेका कारण यस उपर रित नपुगेको उजुरी भन्दै छलफल  नहुने र सुनुवाई अघि बढ्ने भएको छ।

उजुरीमा कार्यालयका महिला कर्मचारीलाई पटकपटक दुर्व्यवहार गरेको आरोप क्षेत्रीमाथि लगाइएको छ। क्षेत्रीले काम नगर्ने तर दलालसँग साठगाँठ गरेर मन्त्रालयको बद्‌नाम गरेको आरोप उजुरीपत्रमा छ। अन्य राजदूत पनि यस आरोपबाट टाढा छैनन्। ‍असार २८ गते बसेको मन्त्रिपरिषद्को बैठकबाट राजदूतका लागि उनीसहितको नाम सिफारिस भएको थियो। अहिले राजदूतका लागि सिफारिसमा परेका सबै परराष्ट्र मन्त्रालयका सहसचिव छन्।

अमेरिकाको न्युयोर्कस्थित राष्ट्रसंघका लागि नेपाली स्थायी नियोगमा लोकबहादुर थापा, यूएईका लागि तेजबहादुर क्षेत्री, कुवेतका लागि घनश्याम लम्साल, थाइल्यान्डका लागि धनबहादुर ओली, फ्रान्सका लागि सुधीर भट्टराई र जेनेभास्थित स्थायी नियोगका लागि रामप्रसाद सुवेदीको नाम सिफारिस गरिएको छ। सुवेदी र ओलीको पनि असक्षम भन्दै उजुरी परेको छ।

समितिले बेनामे उजुरी र कुनै तुक विनाको उजुरी हुनाले यसमा छलफल नै नगरी  सबै प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ कार्य अघि बढाउने र सक्ने निर्णय समितिले गरेको छ। राजदूत सिफारिस समावेशी नभएको भन्दै आलोचना भइरहेको छ।

क्षेत्रीविरुद्ध परेको उजुरी

*शीर्षक सच्याइएको

प्रकाशित: १६ साउन २०८० १३:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 12 =