काठमाडौँ- संघीय संसद् प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ माथि छलफललाई निरन्तरता दिने भएको छ।
समितिले बिहीबार बिहान १० बजे सिंहदरबारस्थित समितिको बैठक कक्षमा विधेयकमाथि छलफल गर्न बैठक बोलाएको हो।
समितिले बैठकमा उपस्थित हुन सम्बन्धित मन्त्री, मन्त्रालयका सचिव तथा राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका कार्यकारी निर्देशकलाई आमन्त्रण गरेको छ।
समितिले जारी गरेको सूचनाअनुसार बैठकको मुख्य कार्यसूचीमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ सम्बन्धमा छलफल गर्ने विषय रहेको छ।
बैठकमा विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री, विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयका सचिव, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव तथा राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका कार्यकारी निर्देशकलाई आमन्त्रण गरिएको छ।
समितिले बैठकका लागि सदस्यहरूको उपस्थितिका लागि अनुरोधसमेत गरेको छ । समितिमा यसअघि विधेयकका विभिन्न प्रावधानमाथि छलफल हुँदै आएको छ ।


