तीन संसदीय समितिको बैठक बस्दै

हिमाल प्रेस ८ साउन २०८३ ५:५१ | Friday, July 24, 2026
12
SHARES
तीन संसदीय समितिको बैठक बस्दै

काठमाडौँ- संघीय संसद् मातहतका तीनवटा समितिको बैठक बस्दैछ।

संघीय संसद् सचिवालयका अनुसार शुक्रबार विकास, आर्थिक मामिला तथा सुशासन समिति, विधायन व्यवस्थापन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ।

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा आर्थिक वर्ष २०८३/८४ को वार्षिक कार्ययोजना तयारीका सम्बन्धमा छलफल हुने कार्यक्रम छ। सो समितिको बैठक बिहान ११:०० बजे बस्नेछ।

विधायन व्यवस्थापन समितिको बैठक बिहान ११:०० बजे बस्नेछ। बैठकमा अभिमुखीकरण कार्यक्रमका सम्बन्धमा छलफल हुनेछ।

संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा दक्षिणी सीमा क्षेत्रका नागरिकको शान्ति सुरक्षाका सम्बन्धमा छलफल हुनेछ। समितिको बैठक अपराह्न २:३० मा बस्नेछ।

प्रकाशित: ८ साउन २०८३ ५:५१ | Friday, July 24, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast