किन स्थगित भयो शिक्षा समिति बैठक?

हिमाल प्रेस ११ साउन २०८३ १५:४० | Monday, July 27, 2026
204
SHARES
किन स्थगित भयो शिक्षा समिति बैठक?

काठमाडौँ- प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सोमबार बस्ने तय भएको बैठक स्थगित गरिएको छ। समिति सचिव दशरथ धमलाद्वारा जारी विज्ञप्तिमा बैठक स्थगित गरिएको जानकारी दिइएको हो।

समितिले ‘राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को कार्यान्वयनको अवस्था’ विषयमा छलफल गर्न बोलाइएको बैठक विशेष कारणवश स्थगित गरिएको जनाएको हो।

समितिका अनुसार बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री, शिक्षा तथा खेलकुदमन्त्री तथा दुवै मन्त्रालयका सचिवहरूलाई आमन्त्रण गरिएको थियो। तर शिक्षा तथा खेलकुदमन्त्री पूर्वनिर्धारित कार्यक्रमका कारण  उपत्यका बाहिर रहेकाले बैठकमा उपस्थित हुन नसक्ने जानकारी गराएका थिए।

त्यस्तै,शिक्षा मन्त्रालयका सचिव प्रा.डा.गोविन्द केसीसँग वार्ताका क्रममा काठमाडौँ बाहिर रहेकाले बैठकमा उपस्थित हुन नसक्ने जानकारी प्राप्त भएको समितिले जनाएको छ।

यसैबीच, प्रतिनिधिसभाको बैठक नरहेको अवधिमा समितिका केही सदस्यहरू पनि आफ्नो निर्वाचन क्षेत्र तथा अन्य संसदीय जिम्मेवारीमा व्यस्त रहेकाले निर्धारित बैठक स्थगित गर्नुपरेको समितिले जनाएको छ।

प्रकाशित: ११ साउन २०८३ १५:४० | Monday, July 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast