मधेशमा मन्त्री फेर्दै जनमत

हिमाल प्रेस १५ साउन २०८० १३:०६
6
SHARES
मधेशमा मन्त्री फेर्दै जनमत

काठमाडौँ- जनमत पार्टीले मधेश प्रदेश सरकारबाट मन्त्री फेर्ने भएको छ। नयाँलाई प्राथमिकता दिन जनमतले एक जना मन्त्री र एकजना राज्यमन्त्री फिर्ता बोलाएको छ। पार्टीले फिर्ता बोलाएपछि विना विभागीय मन्त्री वसन्त कुशवाहा र राज्यमन्त्री सञ्जयकुमार यादव राजीनामा दिएका हुन्।

कुशवाहाले सम्हालेको भूमि व्यवस्था कृषि तथा सहाकारी मन्त्रालय जेठ ९ मा मुख्यमन्त्री सरोजकुमार यादवले खोसेर एकीकृत समाजवादीका गोविन्द न्यौपानेलाई नियुक्त गरेका थिए।

नयाँ मन्त्री चन्दन सिंह र राज्यमन्त्रीका लागि रञ्जु खंगलाई पठाउने जनमतले तयारी गरेको छ। सिंहलाई श्रम तथा यातायात मन्त्री बन्ने छन्।

मन्त्रिपरिषद् आजै विस्तारको तयारी छ।

प्रकाशित: १५ साउन २०८० १३:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 2 =