श्रीलंकाको राष्ट्रपति बनेपछि पहिलो पटक भारत भ्रमणमा विक्रमासिंघे

हिमाल प्रेस ४ साउन २०८० २१:१३
14
SHARES
श्रीलंकाको राष्ट्रपति बनेपछि पहिलो पटक भारत भ्रमणमा विक्रमासिंघे

काठमाडौँ- श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिंघे भारतको औपचारिक भ्रमणमा आएका छन्। श्रीलंकाका राष्ट्रपति बनेपछि पहिलोपटक भारत भ्रमणमा आएका हुन्। दुईदिने औपचारिक भ्रमणका लागि उनी बिहीबार नयाँ दिल्ली आइपुगेका हुन्।

भारतीय विदेश राज्यमन्त्री भी मुरलीधरनले विक्रमासिंघेलाई विमानस्थलमा स्वागत गरे। श्रीलंकाका राष्ट्रपतिको स्वागतका लागि विमानस्थलमा कलाकारले गुजराती नृत्य प्रस्तुती गरेका थिए। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा राष्ट्रपति विक्रमासिंघे भारतको औपचारिक भ्रमणमा आएका हुन्।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले विक्रमासिंघेको भ्रमणले भारत र श्रीलंकाबीचको लामो समयदेखिको साझेदारीलाई थप बलियो बनाउने बताए। विक्रमासिंघेले पदभार ग्रहण गरेयता उनको यो पहिलो भारत भ्रमण हो। अरिन्दम बागचीले ट्वीटरमा लेखेका छन्। ‘श्रीलंकाका राष्ट्रपतिको कार्यभार सम्हालेपछि विक्रमासिंघेले पहिलोपटक भारत भ्रमणमा आउनुभएकोमा हार्दिक स्वागत छ। यो भ्रमणले दुई मुलुकबीचको बहुआयामिक साझेदारीलाई थप बलियो बनाउनेछ।’

भ्रमणका क्रममा राष्ट्रपति विक्रमासिंघेले आफ्ना भारतीय समकक्षी द्रौपदी मुर्मूसँग भेट गर्नेछन्। त्यस्तै प्रधानमन्त्री नरेन्द्र मोदी र अन्य भारतीय विशिष्ट व्यक्तिसँग पारस्परिक हितका विषयमा छलफल गर्ने कार्यक्रम छ।

भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा श्रीलंका भारतको छिमेक पहिलो नीति र भिजनमा महत्त्वपूर्ण साझेदार रहेको उललेख गरिएको छ। भ्रमणले दुई देशबीचको लामो समयदेखिको मित्रतालाई अझ प्रगाढ बनाउने अपेक्षा गरिएको छ।

प्रकाशित: ४ साउन २०८० २१:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × two =