आइसीसी टी-२० विश्वकप : रोहितको कप्तानीमा भारतीय टोली घोषणा

हिमाल प्रेस १८ वैशाख २०८१ १८:२५
80
SHARES
आइसीसी टी-२० विश्वकप : रोहितको कप्तानीमा भारतीय टोली घोषणा रोहित शर्मा

काठमाडौँ- आइसीसी ट्वान्टी २० विश्वकपका लागि भारतीय टाेली घोषणा भएको छ। भारतीय क्रिकेट बोर्डले मंगलबार रोहित शर्माको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो।

ऋषभ पन्त र जसप्रित बुमराहले टोलीमा पुनरागमन गरेका छन्।

जुन १ देखि वेस्ट इन्डिज र अमेरिकामा हुने विश्वकपको समूह ‘ए’ मा भारत, पाकिस्तान, आयरल्यान्ड, क्यानडा र अमेरिका छन्। भारतले जुन ५ मा आयरल्यान्डसँग खेल्दै प्रयोगिताको सुरुआत गर्नेछ।

भारतीय टोली

रोहित शर्मा (कप्तान), यशस्वी जयसवाल, विराट कोहली, हार्दिक पाण्ड्य (उपकप्तान), सूर्यकुमार यादव, ऋषभ पन्त, सन्जु स्यामसन , शिवम दुबे, रवीन्द्र जडेजा, अक्षर पटेल, कुलदीप यादव, युजवेन्द्र चहल, अर्शदीप सिंह, मोहम्मद सिराज

प्रकाशित: १८ वैशाख २०८१ १८:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 1 =