जीडीपीमा उद्योग क्षेत्रको योगदान बढाउन आवश्यकः उद्योगमन्त्री भण्डारी

हिमाल प्रेस २५ वैशाख २०८१ १४:४०
6
SHARES
जीडीपीमा उद्योग क्षेत्रको योगदान बढाउन आवश्यकः उद्योगमन्त्री भण्डारी दामोदार भण्डारी

काठमाडौँ- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले देशको कुल गार्हस्थ्य उत्पादनमा उद्योग क्षेत्रको योगदान बढाउन आवश्यक रहेको बताएका छन्।

मंगलबार नेपाल उद्योग परिसंघले सञ्चालन गरिरहेको मेक इन नेपाल ‘स्वदेशी’ अभियानअन्तर्गत मेक इन नेपाल ‘स्वदेशी’ समिट २०२४ को उद्घाटन गर्दै उनले जीडीपीमा उद्योग क्षेत्रको योगदान बढाउन धेरै ठूलो सुधारको आवश्यकता रहेको बताए।

मन्त्री भण्डारीले सरकारलाई निजीक्षेत्रसँग मिलेर उद्योगमा लगानी प्रोत्साहित गर्दै योगदान बढाउन सबै मिल्नुपर्ने बताए। उनले तुलनात्मक लाभ लिएर व्यापार विस्तार गर्न पनि स्वदेशी उद्योगलाई प्रवर्द्धन गर्न आवश्यक रहेको बताए। उनले उद्योगको प्रवर्द्धन गर्ने, स्वदेशी उद्योगलाई महत्त्व दिन पनि मन्त्रालय तयार रहेको पनि बताए।

मन्त्री भण्डारीले विदेशी लगानी आकर्षित गर्न र उद्योग क्षेत्रमा कसरी लगानी प्रवर्द्धन गर्न सकिन्छ ? विदेशी लगानीकर्तालाई भित्र्याउन सकिन्छ भन्नेमा निजीक्षेत्रको अनुभवसमेतका आधारमा विदेशी लगानीकर्ता प्रोत्साहित गर्न निजीक्षेत्रको महत्त्वपूर्ण भूमिका रहेको बताए।

मन्त्री भण्डारीले सरकारले उद्योग सञ्चालन गर्ने नभई सहुलियत प्रदान गर्ने रहेको बताए। उनले सरकारले विशेष गरी कानुनी जटिलताको समाधान गर्ने रहेको बताए। उनले कानुनी जटिलता समाधान गर्न सरकारले अझै नसकेको बताए। उनले यही समयावधिमा पनि संसद सञ्चालन भएको दुई वर्ष पुग्न लागेको भन्दै दुई वर्षमा जम्मा दुईवटा पनि कानुन बन्न नसकेको बताए।

मन्त्री भण्डारीले राज्यका अंगहरू व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाको क्षेत्राधिकार उद्योगमैत्री नरहेको पनि बताए। उनले राजनीतिक दलहरू कानुनमा केन्द्रित भएर नीति निर्माण गर्नुपर्ने ठाउँमा सत्तामा केन्द्रित भएको बताए। रासस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 3 =