काठमाडौँका उद्योगले श्रम ऐनविपरीत काम गराएकाे भन्दै उजुरी दर्ता

हिमाल प्रेस १८ फागुन २०८० १४:५९
28
SHARES
काठमाडौँका उद्योगले श्रम ऐनविपरीत काम गराएकाे भन्दै उजुरी दर्ता

काठमाडौँ- नेपाल समाजवादी ट्रेड युनियन महासंघको प्रमुख घटक समाजवादी औद्योगिक श्रमिक संघले काठमाडौँमा सञ्चालित उद्योगमा श्रमिकहरूको श्रमशोषण भएको जनाएको छ। श्रम ऐन विपरीत श्रमिकहरूलाई उद्योगमा काम गराइएको भन्दै श्रम तथा व्यावसायजन्य सुरक्षा विभागमा उजुरी दर्ता गरिएको संघका अध्यक्ष प्रकाश भट्टराईले जनाए।

समाजवादी औद्योगिक श्रमिक संघले पहिलो चरणमा लोटस प्लास्टिक उद्योग, लेदर विङ्स, ऐस.के पस्मिना इण्डष्ट्रिज, आचार्य बेकरी एण्ड फुड प्रोडक्ट, सिग्मा रेफ्रिजेरेशन प्रालि र एभरेष्ट नेपाल फुटवेर कम्पनीकाविरुद्ध उजुरी दर्ता गरेको छ।

भट्टराईद्वारा हस्ताक्षरित उजुरीमा भनिएको छ,‘उद्योग कलकारखानाले सरकारले निर्धारण गरेको न्युनतम पारिश्रमिक र सामाजिक सुरक्षा कोषअन्तर्गत पाउने सुविधाहरू समेत लागू नगरी कार्यरत श्रमिकहरूमाथि श्रमशोषण गरेर श्रम ऐनको उल्लंघन गरेको हुँदा श्रम ऐनको दफा १६३ को उपदफा १ (घ) बमोजिम कारबाही गर्न निवेदन गर्दछु।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 5 =