४ अर्ब लागतमा कजरिया टायल्स उद्योग खुल्दै, एभरेष्टसहित चार बैंकले लगानी गर्ने

हिमाल प्रेस १८ असोज २०८० १५:४७
४ अर्ब लागतमा कजरिया टायल्स उद्योग खुल्दै, एभरेष्टसहित चार बैंकले लगानी गर्ने

काठमाडौँ- कजरिया टायल्स नेपालमै उत्पादन हुने भएको छ। जसको लागि एभरेष्ट बैंक लिमिटेडको नेतृत्वमा चार बैंकले लगानी गर्ने भएका हुन्।

कजरिया रमेश टायल्स लिमिटेडमा लगानी गर्ने सम्बन्धमा सहवित्तीयकरणअन्तर्गत सहभागी बैंकबीच सम्झौता भएको छ। यो कम्पनीमा एभरेष्टका साथै नबिल बैंक, नेपाल एसबीआई बैंक र र प्रभु बैंकले लगानी गर्नेछन्।

नवलपरासीमा रहेको प्लान्टको कुल लागत ४ अर्ब रुपैयाँ छ। यसमध्ये सहवित्तीयकरणअन्तर्गत ३ अर्ब लगानी हुनेछ।

नेपालमा कजरिया रमेश टायल्स लिमिटेडको नामबाट दर्ता गरिएको कम्पनीमा भारतीय कम्पनी कजरिया सेरामिक्सको पनि लगानी छ। कम्पनीले सन् २०२४ को मार्चदेखि उत्पादन सुरु गर्ने लक्ष्य राखेको छ।

 

प्रकाशित: १८ असोज २०८० १५:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × three =