बैंकको बेस रेट साढे ७ प्रतिशत झर्‍यो

हिमाल प्रेस १६ चैत २०८० १६:०५
92
SHARES
बैंकको बेस रेट साढे ७ प्रतिशत झर्‍यो

काठमाडौँ– बैंकहरूको आधार दर (बेस रेट) साढे ७ प्रतिशत बिन्दुको झरेको छ। महिनैपिच्छे घटेको आधार दर साढे ७ प्रतिशत बिन्दुमा पुगेको राष्ट्र बैंकले जनाएको छ। अहिले बैंकको औसत आधार एकल अंकमा झरेको छ। गत फागुनमा ९.३४१ प्रतिशत रहेको बेस रेट चैतमा साढे ७ प्रतिशतमा आएको छ।

चैतमा भने थप घटेर ९.०५१ प्रतिशत कायम भएको छ। एक महिनामा बैकहरूको आधार दर ३.१० प्रतिशत घटेका छ। बैंकको आधार दरको तल्लो बिन्दु ७.५२ प्रतिशत छ। भने अधिकतम १०.०५ प्रतिशत मात्रै हुन्छ।

बैंकिङ्ग प्रणालीमा अधिक तरलता थुप्रिएसँगै ब्याजदर पनि निरन्तर घट्दो क्रममा छ। निक्षेपको ब्याजदर घटेपछि बैङ्कहरूको लागत पनि घटेको छ। लागत घट्दा आधार दरसँगै कर्जाको ब्याजदर समेत घट्न थालेको हो।

चैतमा कुमारी र प्राइम कमर्सियल बैंकको आधार दर मात्रै १० प्रतिशत बिन्दुमा भन्दा माथि उक्लिएको छ। यी दुई बैंकभन्दा अरु सबै बैंकको एकल अर्थात् १० प्रतिशत भन्दा तल छ। फागुनको तुलनामा भने दुई बैंकको भन्दा अन्य बैंकका आधार दर घटेको हो।

यस्तै, स्ट्यान्डर्ड बैकको आधार दर सबैभन्दा कम ७.५२ प्रतिशतमा झरेको छ। भने राष्ट्रिय वाणिज्य बैंकको आधारदर ७.६२ प्रतिशत कायम भएको छ। गत फागुनमा दुवै बैंकको आधार दर क्रमशः ७.५६ प्रतिशत र ७.९२ प्रतिशत थियो।

बैंकको आधार दर अनुसार फरक–फरक हुनसक्छ। तर, अहिले बैंकहरूले सहज रूपमा एकल अंकको ब्याजदरमै ऋण लगानी गर्ने अवस्थामा देखिएका हुन्। बैंकहरूबाट ऋण लिन चाहानेहरूले पनि आधार दर हेरेरै कर्जाका लागि बैक छनोट पाउँछन्।

एभरेष्ट बैकको आधार दर ८.३९ प्रतिशत, नेपाल बैंकको ८.५७ प्रतिशत, नबिल बैंकको ८.६१, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ८.८१, सानिमा बैंकको ८.९८, सिद्धार्थ बैंकको ८.९८, प्रभु बैंकको ९.०६, ग्लोबल आइएमई बैंकको ९.०९, नेपाल एसबिआइ र्बैंकको ९.११, एनआईसी एशिया बैंकको ९.१३ प्रतिशत छ।

भने माछापुच्छे बैंकको ९.२६ प्रतिशत, कृषि विकास बैकको ९.३६ प्रतिशत, एनएमबि बैंकको ९.४१, सिटिजन्स बैंकको ९.५८ र लक्ष्मी सनराइज बैंकको ९.६४ प्रतिशत आधारदर छ।

बैंकहरूको बेस रेट बढ्दा कर्जाको ब्याजदर पनि बढ्ने गर्दछन् भने बेस रेट घटेको खण्डमा कर्जाको ब्याजदर पनि घट्ने गर्दछ। बैंकहरूले कर्जाको प्रकृति अनुसार १.५ प्रतिशतदेखि ५ प्रतिशतसम्म प्रिमियम लिने गरेका छन्

प्रकाशित: १६ चैत २०८० १६:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 11 =