पर्साका १७७ साना उद्योग बन्द

हिमाल प्रेस २७ मंसिर २०८० १३:१४
6
SHARES
पर्साका १७७ साना उद्योग बन्द

वीरगन्ज- पर्सामा आर्थिक वर्ष २०७९/८० मा १७७ उद्योग बन्द भएका छन्।

घरेलु तथा साना उद्योग कार्यायलका अनुसार आर्थिक वर्ष २०७९/८० मा १७७ उद्योगले लगत कट्टा गराएका छन्। आव २०७८/७९ मा पर्सामा १५२ उद्योगले लगत कट्टा गरिएका थिए।

बैंक तथा वित्तीय संस्थाबाट ऋण लगानी नहुनु, पुँजीको अभावलगायत कारणले उद्योग धमाधम बन्द भएका घरेलु तथा साना उद्योग कार्यालय प्रमुख धनञ्जयकुमार सिंहले बताए।

घरेलु तथा साना उद्योग कार्यालयमा आर्थिक वर्ष २०७९/८० मा एक हजार ८९ नयाँ उद्योग दर्ता भएका थिए भने आव २०७८/८९ मा एक हजार ४८० उद्योग दर्ता भएका थिए।

आव २०७९/८० मा एक हजार २७५ उद्योगको नवीकरण,१६५ वटाको पुँजीवृद्धि, ३३ वटाको ठाउँसारी र ८४ वटाको नामसारी भएको सो कार्यालय जनाएको छ।

आर्थिक वर्ष २०७९/८० मा एक करोड ६ लाख ३९ हजार २५० रुपैयाँ राजस्व संकलन भएको थियो।

प्रकाशित: २७ मंसिर २०८० १३:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × two =