नेपालका लागि जी-२० सम्मेलन उपलब्धिमूलक : अर्थमन्त्री

हिमाल प्रेस ३ साउन २०८० १८:०१
10
SHARES
नेपालका लागि जी-२० सम्मेलन उपलब्धिमूलक : अर्थमन्त्री

काठमाडौँ- अर्थमन्त्री डा. प्रकाशशरण महतले भारतको गुजरातमा सम्पन्न जी-२० सम्मेलन नेपालका लागि उपलब्धिमूलक भएको बताएका छन्। सम्मेलनमा सहभागी भएर बुधबार स्वदेश फर्किने क्रममा उनले जी-२० सम्मेलन नेपालको आर्थिक विकासका लागि महत्त्वपूर्ण रहेको बताएका हुन्। ‘जी–२० सम्मेलन नेपालको आर्थिक विकासका लागि महत्त्वपूर्ण र उपलब्धिमूलक रह्यो,’ मन्त्री महतले भने।

उनले सम्मेलनमा मुख्यगरी तीनवटा विषयमा छलफल भएको बताए। जी२० सम्मेलनमा सहभागी भएर नेपालले आफ्नो कुरा राख्ने अवसर पाउनु पहिलो उपलब्धि रहेको उनको भनाइ थियो। त्यस्तै अर्को उपलब्धि भारत र चिनियाँ अर्थमन्त्रीहरूसँग महत्त्वपूर्ण छलफल हुनु रहेको मन्त्री महतको भनाइ थियो।

उनीहरूको भेटघाटमा लगानी र व्यापारका विषयमा छलफल भएको उनले बताए। त्यस्तै गुजरातमा रहेका उद्योग व्यवसायीसँग भेटघाट र छलफललाई उपलब्धी र महत्त्वका रूपमा लिनुपर्ने मन्त्री महतले बताए। ‘जी-२० विकसित र अल्पविकसित राष्ट्रहरूको समूह हो,’ मन्त्री महतले भने, ‘नेपाल जी–२० को सदस्य होइन, तर आमन्त्रण गरेको हुनाले कम विकसित देशहरूको समस्या जी-२० को फोरममा राख्ने महत्त्वपूर्ण अवसर प्राप्त भयो।’

प्रकाशित: ३ साउन २०८० १८:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 4 =