शेखरलाई धन्यवाद दिँदै रामहरिले भने : उहाँले पार्टीलाई एकढिक्का बनाएर लैजान खोज्नु भएको छ

हिमाल प्रेस ३ साउन २०८० १५:१६
30
SHARES
शेखरलाई धन्यवाद दिँदै रामहरिले भने : उहाँले पार्टीलाई एकढिक्का बनाएर लैजान खोज्नु भएको छ

काठमाडौँ– नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले पार्टीलाई एक ढिक्का बनाएर लैजान खोजेको भन्दै डा.शेखर कोइरालालाई धन्यवाद दिएका छन्।

पार्टी केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै खतिवडाले भने,’म शेखर कोइरालालाई धन्यवाद दिन चाहन्छु। चुनावपछि उहाँले संयम राजनीति गरेर पार्टीलाई एकढिक्का बनाएर, अझै दह्रो बनाएर लैजान खोज्नुभएको छ।’

कोइराला पार्टीको १४औं महाधिवेशनमा सभापति पदमा शेरबहादुर देउवासँग पराजित भएका थिए। चुनावमा पराजित भएपछि पनि गुट नभनि पार्टी निर्माणमा लागेको भन्दै खतिवडाले कोइरालाको प्रशंशा गरे। ‘गुटका कुरा होइन, पार्टी एकढिक्का बनाउँछु भनेर गर्नुभएको पहलप्रति म उहाँलाई बधाई र धन्यवाद दिन चाहन्छु’ देउवानिकट खतिवडाले भने।

उनले पार्टी नेतृत्व संसद्‌मा कम उपस्थित हुने गरेको भन्दै गुनासो पनि गरे। ‘संसद्‌मा सभापति यदाकदा जाने, उपसभाति दुईजनै मन्त्री भएर उपस्थिति कम हुने। महामन्त्रीहरू छिनछिनमा आउने, देखा पर्ने। तर, प्रतिपक्षले कसरी हल्लाउँछन् संसद् भन्ने देख्नुभा छ? कसरी चलेको होला ? त्यो बारेमा पनि प्रत्येक दिन छलफल गरेर संसद्‌मा जाने पद्धति भयो भने कांग्रेस त्यहाँ पनि अझ दह्रो भएर प्रस्तुत हुनेछ’ उनले भने।

प्रकाशित: ३ साउन २०८० १५:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 1 =