प्रधानमन्त्रीलाई कांग्रेस सांसदको व्यंग्य : उहाँ काँध नफेरेर खुट्टा फेरिरहनुहुन्छ

हिमाल प्रेस २४ फागुन २०८० १३:०६
56
SHARES
प्रधानमन्त्रीलाई कांग्रेस सांसदको व्यंग्य : उहाँ काँध नफेरेर खुट्टा फेरिरहनुहुन्छ

काठमाडौँ- नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सरकार परिवर्तन भएको विषलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहालप्रति व्यंग्य गरेका छन्। बिहीबारको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले सहकारीका ऋणी र मिटरब्याजपीडितले न्याय पाउनुपर्ने बताएका छन्।

‘हराएको प्रधानमन्त्री भेट्ने अवसर प्राप्त गर्नुभयो । हराएको प्रधानमन्त्री भेट्नुभएकोमा सबैलाई बधाई र धन्यवाद । सरकारलाई जनताले पनि भेटोस् । सहकारीपीडितले न्याय पाऊन् । सहरकारी ठगहरूले कारबाही पाऊन्,’ उनले भने, ‘काँध फेर्ने कुरा आयो, काँध नफेरेर प्रधानमन्त्री खुट्टा फेर्न तयार हुनुहुन्छ भने फेरिरहनुस्, यसमा पनि शुभकामना।’

प्रकाशित: २४ फागुन २०८० १३:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + twenty =