संसद् बैठकमा ‘छोरीको नगरपालिकाको’ खोजी

हिमाल प्रेस १८ फागुन २०८० १२:३२
16
SHARES
संसद् बैठकमा ‘छोरीको नगरपालिकाको’ खोजी

काठमाडौँ- प्रतिनिसभाको शुक्रबारको बैठकमा ‘छोरीको नगरपालिका’ खोजी भएको छ। बैठकमा एमालेका सूर्य थापाले भने, ‘प्रधानमन्त्रीज्यू छोरीको नगरपालिकातिर हुनुहुन्छ भन्ने सञ्चारमाध्यमबाट थाहा पायौँ।’

उनले संसद् बैठकमा प्रधानमन्त्री अनुपस्थित भएका कारण यस्तो अभिव्यक्ति दिएका थिए। थापाको प्रश्न थियो, ‘विपक्षी सांसदहरूले संसद्मा आएर जबाफ दिन प्रधानमन्त्रीलाई केले रोकेको छ?’ उनले प्रधानमन्त्री र मन्त्रीको खोजी गरी संसद्प्रति जबाफदेही बनाउन माग गरेका थिए।

सरकार र प्रधानमन्त्री हराएको भन्दै थापाले भने, ‘प्रधानमन्त्रीको खोजीका लागि संसद्ले उच्चस्तरीय समिति बनाउनुपर्ने हो कि संसद् स्थगित गर्नुपर्ने हो कि कति दिन समय चाहिने म ध्यानाकर्षण गराउन चाहन्छु।’ उनले मिटरब्याजपीडित, सहकारीपीडित, दुग्ध किसानका माग सम्बोधन गर्न आग्रह गरे।

कांग्रेसका सांसद रामहरि खतिवडाले आफूलाई ७५३ स्थानीय तहको जानकारी भए पनि छोरीको नगरपालिका भन्ने जानकारी नरहेको बताए। उनले त्यो नगरपालिकाबारे जानकारी पाएमा आफू खुसी हुने पनि बताए। खतिवडाले भने, ‘यो कहाँ पर्दो रहेछ? म सभामुख महोदयमार्फत भन्ने माननीय सदस्यलाई आग्रह गर्दछु। नयाँ नामकरण भएछ, छोरीको नगरपालिका नेपालको कुन नगरपालिका रहेछ? जानकारी पाए म खुसी हुने थिएँ।’

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार चितवनको भरतपुर महानगरपालिकामा आयोजित कार्यक्रममा सहभागी भएका छन्। भरत महानगरकी प्रमुख रेनु दाहाल प्रधानमन्त्री दाहालकी छोरी हुन्। एमालेकमा सांसद थापाले भरतपुर महानगरपालिकालाई संकेत गरी छोरीको नगरपालिका भनेका हुन्।

प्रकाशित: १८ फागुन २०८० १२:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + nineteen =