लम्पी स्किन र ढिलो मनसुन सुरु हुँदा यस वर्ष धान रोपाइँमा कमी

मुलुकभर ५३ प्रतिशत सकियो

हिमाल प्रेस ३० असार २०८० १३:०७
10
SHARES
लम्पी स्किन र ढिलो मनसुन सुरु हुँदा यस वर्ष धान रोपाइँमा कमी

काठमाडौँ– मुलुकभर अहिलेसम्म ५३ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ। मौसमका हिसाबले नेपालमा धान रोपाइँका लागि उपयुक्त असार महिना सकिन लाग्दासमेत यस वर्ष ५३ प्रतिशत मात्र रोपाइँ भएको कृषि तथा पशुपन्छी मन्त्रालयले जनाएको छ।

प्रदेशसँगको समन्वयमा कृषि विभागले उपलब्ध गराएको तथ्यांकअनुसार गत वर्ष असार २९ गतेसम्म ६५ प्रतिशत रोपाइँ सम्पन्न भएको थियो।

गत वर्षको तुलनामा यस वर्ष १२ प्रतिशतको हाराहारीमा कम रोपाइँ भएको मन्त्रालयका सहसचिव एवम् प्रवक्ता प्रकाश सञ्जेलले जानकारी दिए।

मधेश प्रदेश, कोशी प्रदेश र बागमती प्रदेशमा मनसुन सुरु हुन ढिलो भएको तथा कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने गोरुमा लम्पी स्किन रोगका कारण रोपाइँ थोरै प्रभावित भएको मन्त्रालयले जनाएको छ।

गाईवस्तुमा देखिएको यो रोगका कारण गोरु प्रयोग गरी खेत जोत्ने किसानहरूको खेत बाँझै रहेको छ।

विस्तारै मनसुन सक्रिय, रासायनिक मलको उपलब्धता सुनिश्चित र लम्पी स्किन रोगको प्रभाव कम हुँदै गएको खण्डमा रोपाइँको प्रतिशत क्रमशः बढ्दै जाने अपेक्षा गरिएको छ।

प्रकाशित: ३० असार २०८० १३:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × three =