माधवकुमार नेपाल श्रीलंका प्रस्थान

हिमाल प्रेस १८ असार २०८० १५:३५
4
SHARES
माधवकुमार नेपाल श्रीलंका प्रस्थान

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल श्रीलंका गएका छन्। श्रीलंकन कम्युनिस्ट पार्टी स्थापनाको ८०औँ वर्ष पूरा भएको सन्दर्भमा आयोजना हुने सम्मेलनमा सहभागी हुन उनी सोमबार श्रीलंका गएका हुन्।

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपाल त्यहाँ आयोजित दक्षिण एसियाली कम्युनिस्ट पार्टी तथा वामपन्थी पार्टीहरूको बैठकमा सहभागी हुने कार्यक्रम रहेको पार्टीका पोलिटब्युरो सदस्य दिलु पन्तको भनाइ छ।

अध्यक्ष नेपालको अनुपस्थितिमा पार्टीका कामको संयोजन गर्न उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको पार्टीका उपमहासचिव एवं कार्यालय सचिव डा. गंगालाल तुलाधरको भनाइ छ। रासस

प्रकाशित: १८ असार २०८० १५:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − eight =