दर्शकले मन पराएनन् पाकिस्तानी गीतको हिन्दी भर्सन

हिमाल प्रेस १३ असार २०८० १६:१६
4
SHARES
दर्शकले मन पराएनन् पाकिस्तानी गीतको हिन्दी भर्सन

काठमाडौँ- पाकिस्तानी गीत ‘पसुडी’ हिन्दी फिल्म ‘सत्यप्रेम की कथा’मा रिमिक्स गरी राखिएको छ। कार्तिक आर्यन र कियारा आडवाडी मुख्य भूमिकामा रहेको फिल्मको गीतमा पनि उनीहरू नै फिचर्ड छन्। तर गीतको हिन्दी रिमिक्स भर्सन दर्शकलाई खासै मन परेन।

सन् २०२२ मा पाकिस्तानी कोक स्टुडियोको १४ औँ सिजनको छैटौँ गीतका रूपमा सार्वजनिक गरिएको ‘पसुडी’ गीतमा पाकिस्तानी गायक अली सेठी र शाई गिलको स्वर छ। गीत पाकिस्तानसँगै भारतमा पनि निकै चर्चित भएको थियो। युट्युबमा एक वर्षमा ६० करोडभन्दा बढी पटक हेरिएको छ।

उर्दु र पंजाबी शब्द रहेको गीतको लोकप्रियता देखेर नै ‘टी सिरिज’ले त्यसको अधिकार किनेर रिमिक्स गरेर फिल्ममा राखेको हो। जसमा भारतीय गायक अरिजित सिंह र तुलसी कुमारको स्वर छ।

गीत जुन २६ मा युट्युबमा सार्वजनिक गरिएको थियो। जसलाई अहिलेसम्म १ करोड २५ लाखभन्दा बढीले हेरिसकेका छन्। तर गीतले गतिलो प्रतिक्रिया भने पाएको छैन। कतिपयले त्यसको आलोचना गरिरहेका छन्। धेरैजसोले ‘ओरिजनल’ नै राम्रो रहेको प्रतिक्रिया दिइरहेका छन्।

प्रकाशित: १३ असार २०८० १६:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 4 =