हिन्दी फिल्ममा पाकिस्तानी गीत

हिमाल प्रेस ६ असार २०८० १३:१२
12
SHARES
हिन्दी फिल्ममा पाकिस्तानी गीत

काठमाडौँ-  बलिउड कलाकार कार्तिक आर्यन र कियारा आडवानी अभिनीत फिल्म ‘सत्यप्रेम की कथा’मा पाकिस्तानी गीत रिमेक गरेर राखिने भएको छ। पंजाबी र उर्दू भाषा भएको ‘पसुरी’ गीत फिल्ममा राखिनेछ।

पाकिस्तानी गायक अली सेठी र शे गिलको स्वर रहेको यो एकल गीत सन् २०२२ मा सार्वजनिक भएको थियो। कोक स्टुडियोको १४ औँ सिजनमा छैटौँ गीतका रूपमा यो सार्वजनिक गरिएको थियो। सोही गीत रिमेक गरेर हिन्दी फिल्म ‘सत्यप्रेम की कथा’मा राखिने भारतीय सञ्चारमाध्यमले खुलाएका छन्।

गीत निकै चर्चित छ। फिल्मका लागि ‘पसुरी’ गीतको छायांकन मुम्बईमा हुनेछ। भारतीय सञ्चारमाध्यमका अनुसार त्यसका लागि विशेष सेट बनाइएको छ। गति फिल्म प्रदर्शन हुनुअघि सार्वजनिक हुनेछ।

समीर विद्वांसले निर्देशन गरेको ‘सत्यप्रेम की कथा’ मा सुप्रिया पाठक कपुर, गजराज राव, सिद्धार्थ रन्धेरिया, अनुराधा पटेल, राजपाल यादवलगायत कलाकार मुख्य भूमिकामा छन्।

प्रकाशित: ६ असार २०८० १३:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 16 =