रक्षामन्त्री खड्का र संयुक्त राष्ट्रसंघका उपमहासचिवबीच भेट

हिमाल प्रेस १२ असार २०८० २०:३६
2
SHARE
रक्षामन्त्री खड्का र संयुक्त राष्ट्रसंघका उपमहासचिवबीच भेट

काठमाडौँ- उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र संयुक्त राष्ट्रसंघको शान्ति कार्य विभाग हेर्ने उपमहासचिव जिन–पियरे ल्याक्रोइक्सबीच भेट भएको छ। रक्षा मन्त्रालयमा भएको भेटमा उपप्रधानमन्त्री खड्काले अन्तर्राष्ट्रिय शान्ति स्थापना कार्यमा राष्ट्रसंघसँग सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गरे।

नेपालले राष्ट्रसंघको अन्तर्राष्ट्रिय शान्ति स्थापना कार्यमा नेपाल सक्रियतापूर्वक सहभागी हुँदै आएको तथा महासचिवले अघि बढाएको शान्ति कार्यप्रति नेपाल सरकार प्रतिवद्ध रहेको पनि उनले बताए।

अन्तर्राष्ट्रिय शान्ति स्थापना कार्यमा शान्ति सैनिक पठाउने दोस्रो ठूलो राष्ट्र भएकोमा प्रसन्नता व्यक्त गर्दै उपप्रधानमन्त्री खड्काले नेपालले राष्ट्रसंघको आह्वानमा १० हजारसम्म शान्ति सैनिक पठाउन प्रतिबद्ध रहेको जानकारी गराए।

करिब २ हजार फौजको ७ वटा युनिटलाई राष्ट्रसंघबाट माग भएको खण्डमा छोटो अवधिमै खटाउने गरी तयारी अवस्थामा राखिएको मन्त्री खड्काले बताए।

राष्ट्रसंघका उपमहासचिव ल्याक्रोइक्सले अन्तर्राष्ट्रिय शान्ति स्थापना कार्यमा नेपालले खेलेको भूमिकाको प्रशंसा गरे। नेपाली शान्ति सैनिक अनुशासन र कार्यसम्पादनमा समेत अब्बल रहेको उनले बताए।

प्रकाशित: १२ असार २०८० २०:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 3 =