पोखराबाट लुम्बिनी लागे गुटेरेस

हिमाल प्रेस १४ कार्तिक २०८० ११:१९
20
SHARES
पोखराबाट लुम्बिनी लागे गुटेरेस

पोखरा- संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस मंगलबार पोखराबाट लुम्बिनी प्रस्थान गरेका छन्।

उनलाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे लगायतले बिदाइ गरे। बिदाइका क्रममा महासचिव गुटेरेसलाई उनको तस्बिरसहित पोखरा झल्किने मायाको चिनो प्रदान गरियो।

पोखराको पुरानो विमानस्थलमा पत्रकार सम्मेलनसहित उनको बिदाइ समारोहमा मुख्यमन्त्री पाण्डेले महासचिव गुटेरेसलाई सो मायाको चिनो हस्तान्तरण गर्दा उनले खुसी हुँदै स्वीकार गरे।
पत्रकार सम्मेलनका क्रममा महासचिव गुटेरेसले अद्भूत हिमाल र हिमनदी जोगाउनुपर्ने बताए।

छोटो सम्बोधनका क्रममा उनले हिमाल र हिमनदी लगायतबाहेक अरु विषय र प्रसंग उठाएनन् । उनले पोखरामा आफूले पाएको अद्भूत आतिथ्यका लागि कृतज्ञता व्यक्त गरे।

‘यो संसारको आश्चर्यमध्ये एक हो, तर यो एक अचम्म हो जुन खतरा छैन किनभने म एक चेन हुँ र मेरो भ्रमणको कारण विश्वलाई स्पष्ट सन्देश दिनु थियो,’ उनले भने, ‘प्रकृतिविरुद्धको यो युद्ध रोक्न जरुरी छ । प्रदूषित र जलवायु परिवर्तनलाई रोक्न यो आवश्यक छ किनभने हामीले यी अद्भुत हिमालहरू र यी अद्भुत हिमनदीहरूलाई जोगाउनै पर्छ। नेपाललाई समर्थन गर्न र जलवायु परिवर्तनमा योगदान नगर्ने तर परिणाम भोग्ने अन्य देशहरूलाई समर्थन गर्न आवश्यक छ।’

उनले आज जलवायु परिवर्तनका धेरै पीडामा परेको कारण आफूले नेपाल भ्रमण गरेको बताए। चारदिने नेपाल भ्रमणक्रममा उनी दिउँसो सेनाको हेलिकोप्टरबाट पोखरा आएका थिए।

यहाँ रहँदा उनले धार्मिक पर्यटकीय क्षेत्र पुम्दीकोटस्थित विशाल महादेव मूर्तिको अवलोकन गरे भने फेवातालमा बोटिङ पनि गरे। सोमबारको रात फिस्टेल लजमा बिताएका उनी मंगलबार बिहानै अन्नपूर्ण बेस क्याम्प पुगेका थिए।

प्रकाशित: १४ कार्तिक २०८० ११:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + 10 =