सहरमा आज : तीन नाटक मञ्‍चन, जारी र नीरफूल निरन्तर

सुस्मिता बजगाईं ९ असार २०८० ६:४२
10
SHARES
सहरमा आज : तीन नाटक मञ्‍चन, जारी र नीरफूल निरन्तर

काठमाडौँ- आज उपत्यकामा कुनकुन नाटक चलिरहेको छ? फिल्मलगायत अन्य केकस्ता मनोरञ्जनात्मक गतिविधि भइरहेका छन् त ?

नाटकघरमा तीन नाटक

मण्डलामा ‘कोराघाट’ र ‘हिँउभन्दा चिसो’

काठमाडौँ, थापागाउँस्थित मण्डला थिएटरमा असार ७ देखि नाटक ‘कोराघाट’ मञ्चन भइरहेको छ। मण्डला थिएटर ल्याबको ११ औँ ब्याचका प्रशिक्षार्थीको प्रस्तुति रहेको नाटक आगामी असार २१ सम्म मञ्चन हुनेछ।

वरिष्ठ रंगकर्मी तथा फिल्मी कलाकार कमलमणि नेपालको निर्देशन रहेको नाटकका लेखक कुमार नगरकोटी हुन्। नाटक नगरकोटीको कथा ‘कोराघाटका क्रियापुत्रीहरू’मा आधारित छ।

नाटक सोमबारबाहेक प्रत्येक दिन साँझ ४ बजे मञ्चन भइरहेको छ। आज शनिबार दिउँसो सवा १२ बजेको अतिरिक्त सो पनि हुनेछ।  मण्डलामै असार ८ देखि नाटक ‘हिँउभन्दा चिसो’को मञ्चन भइरहेको छ। नाटक आगामी साउन १४ सम्म मञ्चन गरिनेछ। मण्डला थिएटर नेपालको प्रस्तुति रहने नाटकका निर्देशक सोमनाथ खनाल हुन्।
नाटकमा कलाकार भोला सापकोटा, रेणु योगी र गोविन्द सुनारले अभिनय गरेका छन्। सोमबारबाहेक साताम प्रत्येक दिन साँझ पौने ६ बजे मञ्चन भइरहेको नाटक आज शनिबार दिउँसो साढै २ बजे अतिरिक्त सो हुनेछ।

शिल्पीमा ‘मधेसतिर : १९९८’

काठमाडौँ, बत्तीसपुतलीमा रहेका ‘शिल्पी थिएटर’ (गोठाले नाटक घर) मा आज नाटक ‘मधेसतिर : १९९८’ मञ्चन हुँदैछ। साहित्यकार विश्वेश्वरप्रसाद कोइरालाको ‘मधेसतिर’कथामा आधारित नाटकको नाट्य रूपान्तरण र निर्देशन ज्याक सेभेन्टिनले गरेका हुन्। नाटक बेलुका साढे ५ बजे मञ्चन हुनेछ।

नाटकमा सुमित भण्डारी, संगीता उराव, रविन परियार, हिमाल भुजेल र धनराज सुनारले अभिनय गरेका छन्। कथामा रहेका मुख्य पात्र गोरे र विधवाको भूमिकामा कलाकार सुमित भण्डारी र संगीता उराव रहेका छन्। भोटे, धने र बुढो पात्रको भूमिकामा क्रमशः कलाकार रविन परियार, हिमाल भुजेल र धनराज सुनार छन्।

चित्रकला प्रदर्शनी

पर्खाइ (अ वेटिङ)

काठमाडौँ, बबरमहलस्थित सिद्वार्थ आर्ट ग्यालरीमा असार ३ देखि ‘पर्खाइ (अ वेटिङ)’ नामक चित्रकला प्रदर्शनी भइरहेको छ। प्रदर्शनी असार २० सम्म चल्नेछ।
प्रदर्शनीमा रीति महर्जनले बनाएका तस्बिर राखिएका छन्। ‘पर्खाइ’मा विस्थापनको पीडाका कथा समेटिएको छ।

लस्ट इन ट्रान्जिक्सन

सिद्वार्थ आर्ट ग्यालरीमै असार ३ देखि ‘लस्ट इन ट्रान्जिक्सन’ नामक चित्रकला प्रदर्शनी भइरहेको छ। मन गुरुङले कोरेका चित्र प्रदर्शनीमा राखिएका छन्।
प्रदर्शनी आगामी साउन २ सम्म चल्नेछ। साताको प्रत्येक दिन बिहान ११ देखि बेलुका ५ बजेसम्म अवलोकन गर्न सकिनेछ। शनिबार भने दिउँसो १२ बजेपछिमात्र प्रदर्शनी सुरु हुनेछ।

अन्तरसम्बन्ध २०८०

काठमाडौँ, नक्सालस्थित नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको चन्द्रमान मास्के प्रदर्शनी कक्षमा ‘अन्तरसम्बन्ध २०८०’ नामक चित्रकला प्रदर्शनी भइरहेको छ। असार ३ देखि सुरु भएको प्रदर्शनी असार १२ सम्म चल्नेछ।

प्रतिष्ठानको आयोजनामा वरिष्ठ कलाकार शशिविक्रम शाह, कृष्ण मानन्धर, स्व. इन्द्र प्रधान र वत्सगोपाल वैद्य (एसकेआईबी-७१)को समूहले विभिन्न बनाएका चित्रकला प्रदर्शनीमा राखिएका छन्। प्रदर्शनी बिहान १० देखि साँझ ५ बजेसम्म खुल्ला रहनेछ।

जावलाखेलमा स्वदेशी जुत्ता-चप्पल व्यापार मेला

ललितपुरस्थित जावलाखेलमा जेठ १७ देखि ‘स्वदेशी जुत्ता-चप्पल व्यापार मेला’ जारी छ। नेपाली जुत्ता चप्पल उत्पादक समूहको आयोजना रहेको मेला आगामी असार १७ सम्म चल्नेछ।

‘नेपाली उत्पादनको प्रवद्र्धन हाम्रो अभियान’ भन्ने नारासहित सुरु भएको मेलामा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ।

मेलामा ३ हजारभन्दा बढी डिजाइनका जुत्ता तथा चप्पल राखिएको छ। जसमा न्यूनतम २० प्रतिशतदेखि ५० प्रतिशतसम्म छुटको व्यवस्था रहेको छ।

बिहान ९ देखि साँझ ५ बजेसम्म अवलोकन गर्न सकिने उक्त मेलामा गोल्डस्टार, रोयल सुज, बिएफ डियर हिल, बिएफ स्पोर्ट, क्रस रोड सुज, फस्टवाक सुज, सिल, हाई लाइफ, केटिएम र डिजे सुज ब्रान्डका जुत्ता चप्पल राखिएको छ।

हलमा कुनकुन फिल्म?

उपत्यकाका विभिन्न हलमा नेपाली, हलिउड र अंग्रेजी फिल्म प्रदर्शनरत छन्। नेपाली फिल्म ‘अन्तिम संस्कार’, ‘नीरफूल’ र ‘जारी’ हलमा चलिरहेका छन्।
हलिउडमा ‘एलिमेन्टल’, ‘द फ्याक्स’, ‘ट्रान्सफर्मसः राइज अफ द बिस्ट्स’, ‘स्पाइडर-म्यानः अक्रस द स्पाइडर-भर्स’ र अंग्रेजीमा ‘द लिटल म्यारियड’ प्रदर्शन भइरहेका छन्।

अन्तिम संस्कार

असार ८ देखि हलमा फिल्म ‘अन्तिम संस्कार’ प्रदर्शन भइरहेको छ। सामाजिक कथामा आधारित फिल्मका लेखक तथा निर्देशक प्रदीप शाही हुन्।
फिल्ममा विजय लामा, दीया पुन, त्रिचु राई, एवनराज उप्रेती, कृष्ण श्रेष्ठ, रेश्मा धिमिरे, पासाङ लामा, विशाल पहारी, सरोज खालिङ राई, दिग्गज खत्रीलगायत कलाकारको अभिनय छ।

आज क्युएफएक्स सिनेमाअन्तर्गत भाटभटेनी भक्तपुर, सिभिल मल, दरबार सिनेम्याक्स र लबिम मलमा फिल्मको सो छ।
वान सिनेमाअन्तर्गत कालिमाटी ट्रेड सेन्टर र आइप्लेक्स मल, सिके सिनेमाज, बीएसआर मुभिज, विश्वज्योति हल, रञ्जना सिनेप्लेम्स, कीर्तिपुर सिनेप्लेक्समा फिल्म ‘अन्तिम संस्कार’ चलिरहेको छ।

आईएनआई सिनेमाजअन्तर्गत लोत्से मल, सीडीसी सिनेमाज, एफक्युब सिनेमाज, बिग मुभिज फिल्ममा यो फिल्म चलिरहेको छ।

नीरफूल

जेठ २६ देखि प्रदर्शन भएको फिल्म ‘नीरफूल’ विभिन्न हलमा चलिरहेको छ। फिल्ममा २०७२ सालमा आएको विनाशकारी भूकम्पले भत्किएको धादिङको रुबी भ्यालीको एक परिवारकोे कथा छ।

रेखा थापा, दयाहाङ राई, शान्ति वाइबा, बुद्धि तामाङ, पुष्कर गुरुङ, जिम्मे छ्योइकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी लगायतको अभिनय छ। फिल्मका निर्देशक फुलमान वल हुन्।

आज क्युएफएक्स सिनेमाअन्तर्गत भाटभटेनी सिभिल मल, सिभिल मलमा र बीएसआर मुभिज, एफक्युब सिनेमाज, बिग मुभिज, आईएनआई सिनेमाजमा फिल्मको सो छ।

जारी

वैशाख १ देखि प्रदर्शनमा आएको फिल्म ‘जारी’ देशभरका सिनेमा हलमा अहिले पनि चलिरहेको छ। फिल्मका निर्देशक उपेन्द्र सुब्बा हुन्। लिम्बू जातिमा रहेको जारी कथामा आधारित फिल्ममा कलाकार दयाहाङ राई, मिरुना मगर, विजय बराल, रोयदीप श्रेष्ठ, कमलमणि नेपाल, रेखा लिम्बू, प्रेम सुब्बा, अनिल सुब्बा, पुस्कर गुरुङ लगायतको अभिनय छ।

आज उपत्यकामा क्यूएफएक्स सिनेमाघरअन्तर्गत भाटभटेनी भक्तपुर र सिभिलमा फिल्मको सो छ। त्यस्तै बीएसआर मुभिज, एफक्युब सिनेमाज, बिग मुभिज, आईएनआई सिनेमाज, रञ्जना सिनेप्लेक्सलगायत हलमा फिल्म चलिरहेको छ।

द फ्ल्यास

हलिउड फिल्म ‘द फ्याक्स’ असार १ देखि नेपालमा प्रदर्शन भइरहेको छ। एक्सन र एड्भेन्चर जनरामा बनेको फिल्ममा कलाकार साशा काले, बेन एफलेक, माइकल कीटन, माइकल श्यानन, एज्रा मिलर, टेमुएरा मोरिसन, एन्जे ट्राउ, रोन लिभिंग्स्टनको अभिनय छ।

आज उपत्यकामा क्यूएफएक्स सिनेमाघरअन्तर्गत भाटभटेनी भक्तपुर सिभिल मल, दरबार सिनेम्याक्स र लबिम मलमा फिल्मको सो छ। वान सिनेमाअन्तर्गत कालिमाटी ट्रेड सेन्टर र आइप्लेक्स मल, बीएसआर मुभिज, एफक्युब सिनेमाज, बिग मुभिज, रञ्जना सिनेप्लेक्सलगायत हलमा फिल्म फिल्म चलिरहेको छ।

एलिमेन्टल

हलियुड फिल्म ‘एलिमेन्टल’ असार १ देखि नेपालका हलमा चलिरहेको छ। कमेडी, फ्यामिली एड्भेन्चर जनरामा बनेको फिल्मका निर्देशक पिटर सोहन हुन्। फिल्ममा ममोदु अथि, लेह लियांगलगायतक कलाकारको अभिनय छ।

आज क्युएफएक्स सिनेमाअन्तर्गत लबिम मल र सिभिलमा फिल्मको सो छ।

ट्रान्सफर्मस : राइज अफ द बिस्ट्स

हलिउड फिल्म ‘ट्रान्सफर्मस : राइज अफ द बिस्ट्स’ नेपालमा जेठ २६ देखि प्रदर्शन भइरहेको छ। एक्सन र एड्भेन्चर जनरामा बनेको फिल्मका निर्देशक स्टिभन क्यापल हुन्। फिल्ममा एन्थोनी रामोस, डोमिनिक फिसब्याक, डोमेनिक डी रोसा, मिशेल योह, रोन पार्लम्यान, पिटर डिक्लेजलगायतको अभिनय छ।

आज क्युएफएक्स सिनेमाअन्तर्गत भाटभटेनी भक्तपुर, दरबार सिनेम्याक्स, सिभिल मल, लबिम मल, एफक्युब सिनेमाजमा फिल्मको सो छ।

स्पाइडर-म्यान : अक्रस द स्पाइडर- भर्स

जेठ १९ देखि नेपालका विभिन्न हलमा हलिउड फिल्म ‘स्पाइडर-म्यानः अक्रस द स्पाइडर-भर्स’ चलिरहेको छ।
फिल्ममा शमिक मुर, हेली स्टेनफेल्ड, अस्कर आइज्याक, जोक जोन्सन, इसा रे, ब्रायन टायरी हेनरी, लुना लरेन भेलेज, राहेल ड्राचको अभिनय छ।
आज उपत्यकामा क्युएफएक्स सिनेमाघरअन्तर्गत भाटभटेनी भक्तपुर, दरबार सिनेम्याक्स, लबिम मल, सिभिल मल, बिग मुभिजमा फिल्मको सो छ।

प्रकाशित: ९ असार २०८० ६:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 3 =