आभूषण क्षेत्रलाई प्रोत्साहित गर्न कतैबाट पनि पहल भएन : सुनचाँदी रत्न तथा आभूषण महासंघ

हिमाल प्रेस २१ वैशाख २०८१ ६:१४
32
SHARES
आभूषण क्षेत्रलाई प्रोत्साहित गर्न कतैबाट पनि पहल भएन : सुनचाँदी रत्न तथा आभूषण महासंघ

काठमाडौँ- नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले नेपाली कालिगढ पलायन र विस्थापित हुँदै गएकाले दोस्रो पुस्तामा सीप हस्तान्तरण हुन नसकेको भन्दै चिन्ता व्यक्त गरेको छ।

महासंघले बुधबार काठमाडौँमा आयोजना गरेको अन्तरक्रियामा नेपाली मौलिक ‘क्राफ्टम्यान’ सीप लोप हुँदै गएकाले सीप हस्तान्तरण हुन नसकेको जनाएको हो।

रोजगारीका लागि नेपाली युवा जोखिमपूर्ण कामका लागि विदेश पलायन हुँदा स्वदेशी आभूषण निर्माण क्षेत्रमा विदेशी कालिगढको बाहुल्यता बढ्दै गएको पनि महासंघको भनाइ छ।

महासंघका अध्यक्ष किसन सुनारले आभूषण क्षेत्रले नेपाली राजस्वमा बर्सेनि १२ अर्बभन्दा बढीको योगदान गर्दैआए पनि यस क्षेत्रलाई प्रोत्साहित गर्न कुनै क्षेत्रबाट पहल नभएको बताए।

उचित मापदण्डको अभावले बहुमूल्य गहनाको उत्पादन, कारोबार, नियमन, आयात, आपूर्तिलगायतका कार्य व्यवस्थित हुन नसकेकाले समस्या भइरहेका पनि उनले गुनासो गरे। अध्यक्ष सुनारले स्वदेशी रत्न पत्थर उत्खनन, प्रशोधन र निर्यातमा सरकारले निजी क्षेत्रसँग समन्वय एवं सहकार्य गर्नु आवश्यक रहेको औँल्याए।

महासंघका विशिष्ट सदस्य सुरेशमान श्रेष्ठले नेपाली समाजमा गरगहनाको महत्त्व सिङ्गारमा मात्र सीमित नभएको जिकिर गरे। नेपाली समाजमा गरगहनाको संस्कृति र पौराणीक महत्वसमेत भएको श्रेष्ठको भनाइ छ।

प्रकाशित: २१ वैशाख २०८१ ६:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + 2 =