सहरमा आज : हलमा विदेशी फिल्मको वर्चस्व

सुस्मिता बजगाईं २ असार २०८० ७:४७
42
SHARES
सहरमा आज : हलमा विदेशी फिल्मको वर्चस्व

काठमाडौँ– आज असारको पहिलो शनिबार। देशमा मनसुन भित्रिसक्यो। झरीले गर्दा शनिबारे बिदामा हाइकिङको योजना कमैले बनाउँलान्। तर सिनेमाहलमा फिल्म वा नाटकघरमा नाटक हेर्न भने छुटाउँदैनन् होलान्। तिनै फिल्म र नाटकप्रेमीका लागि यो साता हलमा कुनकुन फिल्म लागिरहेका छन्? नाटघरमा कुनकुन नाटक मञ्चन भइरहेका छन्? उपत्यकामा अरू कार्यक्रम केके छन् त?

‘मिन्झारी’ विमर्श

कालिकास्थानस्थित सर्वनाम थिएटरमा आज महेन्द्र उपाध्यायद्वारा लिखित पुस्तक ‘मिन्झरी’को विमर्श हुँदैछ। काबु क्रिएसनको आयोजनामा हुने पुस्तक विमर्श कार्यक्रममा अधिवक्ता गीता चौधरी, राजनीतिज्ञ रेशम चौधरी, कवि तथा लेखक देवव्रत, लेखक नवीन विभास र ओम रिजाल रहेका छन्। कार्यक्रम प्रकाश किरणले सहजीकरण गर्नेछन्।

जावलाखेलमा स्वदेशी जुत्ता-चप्पल व्यापार मेला

ललितपुर, जावलाखेलमा जेठ १७ देखि सुरु भएको एकमहिने ‘स्वदेशी जुत्ता-चप्पल व्यापार मेला’ जारी नै छ। नेपाली जुत्ता चप्पल उत्पादक समूहको आयोजना रहेको मेला आगामी असार १७ गतेसम्म चल्नेछ। ‘नेपाली उत्पादनको प्रवर्द्धधन हाम्रो अभियान’ भन्ने नारासहित सुरु भएको मेलामा नि :शुल्क प्रवेशको व्यवस्था छ।

मेलामा ३ हजारभन्दा बढी डिजाइनका जुत्ता तथा चप्पल राखिएका छन्। जसमा न्यूनतम २० प्रतिशतदेखि ५० प्रतिशतसम्म छुट छ। बिहान ९ देखि साँझ ५ बजेसम्म अवलोकन गर्न सकिने उक्त मेलामा गोल्ड स्टार, रोयल सुज, बीएफ डियर हिल, बीएफ स्पोट्र्स, क्रसरोड सुज, फस्र्ट वाक सुज, सिल, हाई लाइफ, केटीएम र डीजे सुज ब्रान्डका जुत्ता चप्पल राखिएको छ।

हलमा फिल्म

उपत्यकाका विभिन्न हलमा नेपाली, हिन्दी र अंग्रेजी फिल्म प्रदर्शनरत छन्। नेपाली फिल्म ‘नीरफूल’ र ‘जारी’ केही हलमा चलिरहेका छन्। दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’ र हिन्दी फिल्म ‘जरा हट्के जरा बचके’, डकुमेन्ट्री फिल्म ‘जे-होप इन द बक्स’, ‘सुगा : रोड टू डी-डे’, हलिउडमा ‘एलिमेन्टल’, ‘द फ्याक्स’, ‘ट्रान्सफमर्स : राइज अफ द बिस्ट्स’, ‘स्पाइडर-म्यान : अक्रस द स्पाइडर-भर्स’ र अंग्रेजीमा ‘द लिटल म्यारियड’ प्रदर्शन भइरहेका छन्।

नीरफूल

फिल्म ‘नीरफूल’ जेठ २६ देखि सिनेमाहलमा प्रदर्शन भइरहेको छ। फिल्ममा रेखा थापा, दयाहाङ राई, शान्ति वाइबा, बुद्धि तामाङ, पुष्कर गुरुङ, जिम्मे छ्योइकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरीलगायत कलाकारको अभिनय छ। फुलमान वलको निर्देशन रहेको फिल्ममा धादिङ, रुबी भ्यालीको एक परिवारकोे कथा छ।

जारी

वैशाख १ मा रिलिज भएको ‘जारी’ अहिले पनि देशभरका सिनेमाहलमा चलिरहेको छ। फिल्मका निर्देशक उपेन्द्र सुब्बा हुन्। लिम्बू जातिमा रहेको जारी कथामा आधारित फिल्ममा कलाकार दयाहाङ राई, मिरुना मगर, विजय बराल, रोयदीप श्रेष्ठ, कमलमणि नेपाल, रेखा लिम्बु, प्रेम सुब्बा, अनिल सुब्बा, पुस्कर गुरुङ लगायतको अभिनय छ। आज उपत्यकामा क्यूएफएक्स सिनेमाघरअन्तर्गत सिभिलमा फिल्मको सो छ।

आदिपुरुष

असार १ देखि नेपाली हलमा दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’ प्रदर्शन भइरहेको छ। एक्सन एड्भेन्चर र ड्रामा जनरामा बनेको फिल्मका निर्देशक ओम राउत हुन्। फिल्ममा प्रभास, कृति सेनन, सैफअली खान, सन्नी सिंहलगायत कलाकारको अभिनय छ।

आज क्युएफएक्स सिनेमाअन्तर्गत दरबार सिनेम्याक्स, लबिम मल, छाया सेन्टर, सिभिल मल र भाटभटेनी भक्तपुरमा फिल्मको सो छ।

वान सिनेमाअन्तर्गत कालिमाटी ट्रेड सेन्टर र आइप्लेक्स मल, एफक्यूब सिनेमाज, बीएसआर मुभिज, सीडीसी सिनेमाज र सिके सिनेमाजमा ‘आदिपुरूष’ चलिरहेको छ।

आईएनआई सिनेमाजअन्तर्गत लोत्से मल, बिग मुभिज, रञ्जना सिनेप्लेक्स, सिटी म्याक्स, कीर्तिपुर सिनेप्लेक्स, विश्वज्योति हल, अष्टनारायण हलमा पनि ‘आदिपुरुष’ हेर्न सकिन्छ।

जरा हट्के जरा बचके

हिन्दी फिल्म ‘जरा हट्के जरा बचके’ जेठ १९ देखि नेपालमा प्रदर्शन भइरहेको छ। कमेडी र ड्रामा जनरामा बनेको फिल्ममा विक्की कौशल, सारा अली खान, मेघा अग्रवाललगायत कलाकारको अभिनय छ। आज उपत्यकामा सिके सिनेमाजमा फिल्मको सो छ।

सुगा : रोड टू डी-डे

डकुमेन्ट्री फिल्म ‘सुगा : रोड टू डी-डे’ आजदेखि (असार २) नेपालका हलमा प्रदर्शन भइरहेको छ। डकुमेन्ट्री चर्चित दक्षिण कोरियाली पप ब्यान्ड बीटीएसका स्टार गायक सुगाबारे हलिउड स्टुडियो डिज्नीले निर्माण गरेको हो।

आज यो फिल्म वान सिनेमाअन्तर्गत कालिमाटी ट्रेड सेन्टर र आइप्लेक्स मल, एफक्यूब सिनेमाज, बीएसआर मुभिज, सीडीसी सिनेमाज, सिके सिनेमाजमा चलिरहेको छ।
आइएनआई सिनेमाजअन्तर्गत लोत्से मल, रञ्जना सिनेप्लेक्स, बिग मुभिज र विश्वज्योति हलमा पनि फिल्म चलिरहेको छ।

जे-होप इन द बक्स

बीटीएस डकुमेन्ट्री म्युजिक ‘जे-होप इन द बक्स’ आजदेखि (असार २) नेपालका हलहरूमा प्रदर्शन भएको छ। जुन शो पार्कले निर्देशन गरेको डकुमेन्ट्री फिल्ममा जे होप र जर्नी अभिनीत छन्।

आज उपत्यकामा वान सिनेमाअन्तर्गत कालिमाटी ट्रेड सेन्टर र आइप्लेक्स मल, एफक्यूब सिनेमाज, बीएसआर मुभिज, सीडीसी सिनेमाज, सिके सिनेमाज, रञ्जना सिनेप्लेक्स, बिग मुभिज र विश्वज्योति हलमा फिल्म ‘जे-होप इन द बक्स’ चलिरहेको छ।

द फ्ल्यास

हलिउड फिल्म ‘द फ्ल्यास’ असार १ देखि नेपालमा प्रदर्शन भइरहेको छ। एक्सन र एड्भेन्चर जनरामा बनेको फिल्ममा कलाकार साशा काले, बेन एफलेक, माइकल किटन, माइकल श्यानन, एज्रा मिलर, टेमुएरा मोरिसन, एन्जे ट्राउ, रोन लिभिंग्स्टनको अभिनय छ।

आज उपत्यकामा क्यूएफएक्स सिनेमाघरअन्तर्गत छाया सेन्टर, सिभिल मल, दरबार सिनेम्याक्स र भाटभटेनी भक्तपुमा फिल्मको सो छ।

वान सिनेमाअन्तर्गत कालिमाटी ट्रेड सेन्टर र आइप्लेक्स मल, एफक्यूब सिनेमाज, बीएसआर मुभिज, सीडीसी सिनेमाज, सिके सिनेमाज, कीर्तिपुर सिनेप्लेक्स, विश्वज्योति हलमा फिल्म ‘द फ्ल्यास’ चलिरहेको छ।

आईएनआई सिनेमाजअन्तर्गत लोत्से मल, बिग मुभिज, रञ्जना सिनेप्लेक्स, अष्टनारायण हल फिल्म ‘द फ्ल्यास’ चलिरहेका अन्य हल हुन्।

एलिमेन्टल

हलिउड फिल्म ‘एलिमेन्टल’ असार १ देखि नेपालका हलमा चलिरहेको छ। कमेडी, फ्यामिली एड्भेन्चर जनरामा बनेको फिल्मका निर्देशक पिटर सोहन हुन्। फिल्ममा ममोदु अथि, लेह लियांगलगायत कलाकारको अभिनय छ।
आज क्युएफएक्स सिनेमाअन्तर्गत भाटभटेनी भक्तपुर, लबिम मल, छाया सेन्टरमा फिल्मको सो छ।

आईएनआई सिनेमाजअन्तर्गत लोत्से मल, एफक्यूब सिनेमाज, बीएसआर मुभिज, सीडीसी सिनेमाज, बिग मुभिज, विश्वज्योति हलमा फिल्म ‘एलिमेन्टल’ चलिरहेको छ।

ट्रान्सफमर्स : राइज अफ द बिस्ट्स

हलिउड फिल्म ‘ट्रान्सफमर्स : राइज अफ द बिस्ट्स’ नेपालमा जेठ २६ देखि प्रदर्शन भइरहेको छ। एक्सन र एड्भेन्चर जनरामा बनेको फिल्मका निर्देशक स्टिभन क्यापल हुन्। फिल्ममा एन्थोनी रामोस, डोमिनिक फिसब्याक, डोमेनिक डी रोसा, मिशेल योह, रोन पार्लम्यान, पिटर डिक्लेज लगायतको अभिनय छ।

आज क्युएफएक्स सिनेमाअन्तर्गत भाटभटेनी भक्तपुर, लबिम मल र छाया सेन्टरमा फिल्मको सो छ।

स्पाइडर-म्यान : अक्रस द स्पाइडर- भर्स

जेठ १९ देखि नेपालका विभिन्न हलमा हलिउड फिल्म ‘स्पाइडर-म्यान : अक्रस द स्पाइडर-भर्स’ चलिरहेको छ।

फिल्ममा शमिक मुर, हेली स्टेनफेल्ड, अस्कर आइज्याक, जोक जोन्सन, इसा रे, ब्रायन टायरी हेनरी, लुना लरेन भेलेज, राहेल ड्राचको अभिनय छ।लआज उपत्यकामा क्यूएफएक्स सिनेमाघरअन्तर्गत भाटभटेनी भक्तपुर, छाया सेन्टर, लबिम मल र सिके सिनेमाज, रञ्जना सिनेप्लेक्समा फिल्मको सो छ।

द लिटल मर्मेड

अंग्रेजी फिल्म ‘द लिटल मर्मेड’ जेठ १२ देखि नेपालका विभिन्न हलमा चलिरहेको छ। हलिउडको म्युजिकल फिल्म एड्भेन्चर जनरामा बनेको फिल्मका निर्देशक रब मार्सल हुन्। फिल्ममा हेल्ली बेली, जोनाह हाउर किङ, डेभिड डिग्सलगायत कलाकारले अभिनय गरेका छन्।

आज उपत्यकामा रहेको क्युएफएक्सअन्तर्गत लबिम मल र छाया सेन्टरमा फिल्मको सो छ।

प्रकाशित: २ असार २०८० ७:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − 4 =