सहरमा आज : चार नाटक मञ्चन, नेपाली र हलिउड फिल्मबीच प्रतिस्पर्धा

सुस्मिता बजगाईं १६ असार २०८० ६:४३
438
SHARES
सहरमा आज : चार नाटक मञ्चन, नेपाली र हलिउड फिल्मबीच प्रतिस्पर्धा

काठमाडौँ- असारको समय छ। बर्खेझरीले गर्दा नयाँ ठाउँ घुम्ने, हाइकिङको योजना सायद कमैले बनाउँलान्। तर छुट्टीको दिन नाटकघरमा नाटक, हलमा फिल्म हेर्न र विभिन्न चित्रकला प्रदर्शनी र साहित्यक पुस्तक विमोचनमा जान भने छुटाउँदैनन् होलान्।

तिनै फिल्म, नाटक, चित्रकला, साहित्यप्रेमीका लागि यो साता उपत्यकामा अन्य केकस्ता मनोरञ्जनात्मक गतिविधि भइरहेका छन् त?

उपन्यास गोधुली गीत लोकार्पण

आज भानु बोखिमको उपन्यास ‘गोधुली गीत’ लोकार्पण हुँदैछ। थापागाउँस्थित मण्डला थिएटरमा बिहान साढे ११ बजे विमोचन कार्यक्रमका वक्तामा श्यामल र नवीन विभास रहनेछन्।

पुरानो नाटकघरमा ‘ट्युवेल’

सिनामंगलस्थित पुरानो नाटक घरमा असार १५ गतेदेखि नाटक ‘ट्युवेल’ मञ्चन भइरहेको छ। रोशन सुवेदीको परिकल्पना तथा निर्देशनमा तयार भएको नाटक साउन १५ सम्म चल्नेछ।

नाटक बुधबारबाहेक साताको प्रत्येक दिन साँझ सवा पाँच बजे मञ्चन हुन छ। आज शनिबार भने दिउँसो १ बजे अतिरिक्त मञ्चन हुनेछ।

मण्डलामा ‘हिउँभन्दा चिसो’

थापागाउँस्थित मण्डला थिएटरमा असार ८ गतेदेखि नाटक ‘हिउँभन्दा चिसो’को मञ्चन जारी छ। नाटक आगामी साउन १४ गतेसम्म मञ्चन गरिनेछ। मण्डला थिएटर नेपालको प्रस्तुति रहने नाटकका निर्देशक सोमनाथ खनाल हुन्।

नाटकमा कलाकार भोला सापकोटा, रेणु योगी र गोविन्द सुनारले अभिनय गरेका छन्।

सोमबारबाहेक साताको प्रत्येक दिन साँझ पौने छ बजे मञ्चन भइरहेको नाटक आज शनिबार दिउँसो साढे दुई बजे अतिरिक्त मञ्चन हुनेछ।

मण्डलामा ‘कोराघाट’

थापागाउँस्थित मण्डला थिएटरमा असार ७ गतेदेखि नाटक ‘कोराघाट’ मञ्चन भइरहेको छ। मण्डला थिएटर ल्याबको ११ औँ ब्याचका प्रशिक्षार्थीको प्रस्तुति रहेको नाटक आगामी असार २१ गतेसम्म मञ्चन हुनेछ।

वरिष्ठ रंगकर्मी तथा फिल्मी कलाकार कमलमणि नेपाल निर्देशक रहेको नाटकका लेखक कुमार नगरकोटी हुन्। नाटक नगरकोटीकै कथा ‘कोराघाटका क्रियापुत्रीहरु’मा आधारित छ।

नाटक सोमबारबाहेक प्रत्येक दिन साँझ ४ बजे मञ्चन भइरहेको छ। शनिबार दिउँसो सवा बाह्र बजे अतिरिक्त मञ्चन हुनेछ।

कौसी थिएटरमा ‘लेट्स अभिनय गरौँ’

टेकुस्थित कौसी थिएटरमा असार ६ गतेदेखि नाटक ‘लेट्स अभिनय गरौँ’ मञ्चन भइरहेको छ। नाटकका निर्देशक सुधाम सिके हुन्। गामी असार १८ गतेसम्म चल्ने नाटक मंगलबारबाहेक साताको प्रत्येक दिन साँझ साढे पाँच बजे मञ्चन हुनेछ। शनिबार भने दिउँसो साढे एक बजेको अतिरिक्त मञ्चन हुनेछ।

पर्खाइ (अ ओइटिङ)

बबरमहलस्थित सिद्वार्थ आर्ट ग्यालरीमा असार १३ गतेदेखि ‘पर्खाइ (अ ओइटिङ)’ नामक चित्रकला प्रदर्शनी भइरहेको छ। प्रदर्शनी असार २० गतेसम्म चल्नेछ।
प्रदर्शनीमा रीति महर्जनका चित्रकला राखिएका छन्। ‘पर्खाइ’मा माइग्रेसन र विस्थापनको पीडादायी असर सहने पुरुष, महिला र बालबालिकाको कथा समेटिएको छ।

लस्ट इन ट्रान्जिक्सन

सिद्वार्थ आर्ट ग्यालरीमै असार २ गतेदेखि ‘लस्ट इन ट्रान्जिक्सन’ नामक चित्रकला प्रदर्शनी भइरहेको छ। प्रदर्शनीमा राखिएका चित्रकलाका स्रष्टा मन गुरुङ हुन्। साउन २ गतेसम्म चल्ने प्रदर्शनी दैनिक बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म अवलोकन गर्न सकिनेछ। शनिबार भने अपराह्न १२ बजेपछि मात्र प्रदर्शनी खुल्नेछ।

हलमा कुनकुन फिल्म?

उपत्यकाका विभिन्न हलमा नेपाली, हिन्दी र अंग्रेजी फिल्म प्रदर्शनरत छन्। नेपाली फिल्म ‘परस्त्री’, ‘अन्तिम संस्कार’, ‘नीरफूल’ र ‘जारी’ हलमा चलिरहेका छन्।
हिन्दीमा ‘सत्यप्रेम की कथा’, ‘इन्डियाना जोन्स एन्ड द डायल अफ डेस्टिनी’, ‘द फ्याक्स’ र ‘स्पाइडर-म्यान : अक्रस द स्पाइडर-भर्स’ प्रदर्शन भइरहेका छन्।

परस्त्री

असार १४ गतेदेखि हलहरुमा फिल्म ‘परस्त्री’ चलिरहेको छ। फिल्मका निर्देशक सुरज पाण्डे हुन्। फिल्म विवाहोत्तर सम्बन्धले निम्त्याउने पारिवारिक र सामाजिक संकटको कथावस्तुमा बनेको छ। फिल्ममा कोसिस क्षेत्री, शिल्पा मास्के, गौरव विष्ट, गीता विष्ट, अलिसा क्षेत्री, आशान्त शर्मा, रामबाबु रेग्मीलगायत कलाकारको अभिनय छ।

आज क्यूएफएक्स सिनेमाअन्तर्गत लबिम मल, भाटभटेनी भक्तपुर, सिभिल मल, छाया सेन्टर र दरबार सिनेम्याक्समा फिल्मको सो छ।

वान सिनेमाअन्तर्गत कालीमाटी ट्रेड सेन्टर र आइप्लेक्स मल, एफक्यूब सिनेमाज, क्यूएस सिनेमाज, बिएसआर मुभिज, सिके सिनेमाज, सिडिसी सिनेमाजमा फिल्म ‘परस्त्री’ चलिरहेको छ।

बिग मुभिज, विश्वज्योति हल, सिटीम्याक्स सिनेमा, रञ्जना सिनेप्लेक्स, कीर्तिपुर सिनेप्लेक्स फिल्म ‘परस्त्री’ चलिरहेको अन्य हल हुन्।

अन्तिम संस्कार

असार ८ गतेदेखि हलहरुमा फिल्म ‘अन्तिम संस्कार’ प्रदर्शन भइरहेको छ। सामाजिक कथामा आधारित फिल्मका लेखक तथा निर्देशक प्रदीप शाही हुन्। फिल्ममा विजय लामा, दिया पुन, त्रिचु राई, एवनराज उप्रेती, कृष्ण श्रेष्ठ, रेश्मा घिमिरे, पासाङ लामा, विशाल पहारी, सरोज खालिङ राई, दिग्गज खत्रीलगायत कलाकारको अभिनय छ।
आज वान सिनेमाअन्तर्गत आइप्लेक्स मलमा फिल्म ‘अन्तिम संस्कार’को सो छ।

नीरफूल

जेठ २६ गतेदेखि प्रदर्शन भएको फिल्म ‘नीरफूल’ हलहरुमा चलिरहेको छ। फिल्ममा २०७२ सालमा आएको विनाशकारी भूकम्पले धादिङको रुबीभ्यालीमा अवस्थित एक परिवारको कथा छ।

रेखा थापा, दयाहाङ राई, शान्ति वाइबा, बुद्धि तामाङ, पुष्कर गुरुङ, जिम्मे छ्योइकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरीलगायतको अभिनय छ। फिल्मका निर्देशक फुलमान बल हुन्।

आज सिडिसी सिनेमाजमा फिल्मको एक सो छ।

जारी

वैशाख १ गतेदेखि प्रदर्शन भएको फिल्म ‘जारी’ देशभरका सिनेमा हलमा चलिरहेको छ। फिल्मका निर्देशक उपेन्द्र सुब्बा हुन्। लिम्बू जातिमा रहेको जारी कथामा आधारित फिल्ममा कलाकार दयाहाङ राई, मिरुना मगर, विजय बराल, रोयदीप श्रेष्ठ, कमलमणि नेपाल, रेखा लिम्बू, प्रेम सुब्बा, अनिल सुब्बा, पुस्कर गुरुङलगायतको अभिनय छ।

आज उपत्यकामा क्यूएफएक्स सिनेमाघरअन्तर्गत सिभिल मलमा फिल्मको एक सो छ। आईएनआई सिनेमाजअन्तर्गत लोत्से मल, एफक्यूब सिनेमाज र सिडिसी सिनेमाजमा फिल्म ‘जारी’ प्रदर्शनरत छ।

सत्यप्रेम की कथा

हिन्दी फिल्म ‘सत्यप्रेम की कथा’ असार १४ गतेदेखि नेपाली हलहरूमा प्रदर्शन भइरहेको छ। फिल्म कमेडी र ड्रामा जनरामा बनेको छ। फिल्मका निर्देशक समीर विद्वान्स हुन्। फिल्ममा कार्तिक आर्यान, कियारा आडवाणी मुख्य भूमिकामा छन्।

आज क्यूएफएक्स सिनेमाअन्तर्गत भाटभटेनी भक्तपुर, छाया सेन्टर, दरबार सिनेम्याक्स, सिभिल मल र लबिम मलमा फिल्म प्रदर्शन हुनेछ।

वान सिनेमाअन्तर्गत कालीमाटी ट्रेड सेन्टर र आइप्लेक्स मल, एफक्यूब सिनेमाज, क्यूएस सिनेमाज, बिएसआर मुभिज, सिके सिनेमाज, सीडीसी सिनेमाजमा फिल्म ‘सत्यप्रेम की कथा’ चलिरहेको छ।

रञ्जना सिनेप्लेक्स, सिटीम्याक्स सिनेमा, सीके सिनेमाज, कीर्तिपुर सिनेप्लेक्स, विश्वज्योति हल, फिल्म ‘सत्यप्रेम की कथा’ चलिरहेको अन्य हल हुन्।

इन्डियाना जोन्स एन्ड द डायल अफ डेस्टिनी

असार १५ गतेदेखि नेपाली हलहरूमा हलिउड फिल्म ‘इन्डियन जोन्स एन्ड द डायल अफ डेस्टेनी’ प्रदर्शन भइरहेको छ। फिल्म एक्सन र एडभेन्चर जनरामा बनेको छ। फिल्मका निर्देशक जेम्स मङ्लोड हुन्। फिल्ममा ह्यारिसन फर्ड, फोबी वालर ब्रिज, मेड्स मिकेल्सन, एन्टोनियो बेन्डेरस टोब्स जोन्सको अभिनय छ। यो इन्डियाना जोन्स फेन्चाइजीको पाँचौँ सिक्वेल हो।

आज क्यूएफएक्स सिनेमाअन्तर्गत लबिम मल, भाटभटेनी भक्तपुर, सिभिल मल, दरबार सिनेम्यक्स र छाया सेन्टरमा फिल्मको सो छ।

वान सिनेमाअन्तर्गत कालीमाटी ट्रेड सेन्टर र आइप्लेक्स मल, एफक्यूब सिनेमाज, क्यएस सिनेमाज, बीएसआर मुभिज, सीडीसी सिनेमाज फिल्म ‘इन्डियन जोन्स एन्ड द

डायल अफ डेस्टेनी’ चलिरहेका अन्य हल हुन्। रञ्जना सिनेप्लेक्स, सीके सिनेमाज, कीर्तिपुर सिनेप्लेक्स, विश्वज्योति हलमा फिल्म ‘इन्डियन जोन्स एन्ड द डायल अफ डेस्टेनी’ प्रदर्शन भइरहेको छ।

द फ्ल्यास

हलिउड फिल्म ‘द फ्याक्स’ असार १ गतेदेखि नेपालमा प्रदर्शन भइरहेको छ। एक्सन र एडभेन्चर जनरामा बनेको फिल्ममा कलाकार सासा काले, बेन एफलेक, माइकल किटन, माइकल स्यानन, एज्रा मिलर, टेमुएरा मोरिसन, एन्जे ट्राउ, रोन लिभिङ्स्टनको अभिनय छ।

आज उपत्यकामा क्यूएफएक्स सिनेमाघरअन्तर्गत लबिम मल, सिभिल मल, भाटभटेनी भक्तपुर, दरबार सिनेम्याक्स र एफक्यूब सिनेमाज, सिडिसी सिनेमाज र सिके सिनेमाजमा फिल्मको सो छ।

स्पाइडर-म्यान : अक्रस द स्पाइडर-भर्स

जेठ १९ गतेदेखि नेपालका विभिन्न हलमा हलिउड फिल्म ‘स्पाइडर-म्यान : अक्रस द स्पाइडर-भर्स’ चलिरहेको छ। फिल्ममा समिक मुर, हेली स्टेनफेल्ड, अस्कर आइज्याक, जोक जोन्सन, इसा रे, ब्रायन टायरी हेनरी, लुना लरेन भेलेज, राहेल ड्राचको अभिनय छ।

आज उपत्यकामा क्यूएफएक्स सिनेमाघरअन्तर्गत छाया सेन्टरमा फिल्मको दुई सो छ।

प्रकाशित: १६ असार २०८० ६:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + ten =