‘नीरफूल’को विशेष प्रदर्शनीमा नेतादेखि कलाकारसम्म

हिमाल प्रेस ३० जेठ २०८० ६:४२
4
SHARES
‘नीरफूल’को विशेष प्रदर्शनीमा नेतादेखि कलाकारसम्म

काठमाडौँ- गत शुक्रबारदेखि देशव्यापी प्रदर्शनीमा आएको चलचित्र ‘नीरफूल’को निर्माण समूहले आयोजना गरेको विशेष प्रदर्शनीमा नेतादेखि कलाकारसम्म सहभागी भए। सोमबार बेलुकी आयोजित प्रदर्शनीमा चलचित्र हेरेपछि नेकपा ९एमाले०का नेता भीम रावलले २०७२ साल वैशाखको विनाशकारी गोरखा भूकम्पले पारेको असर चलचित्रमा समेटिएको बताए।

‘चलचित्रमा मनोरञ्जनसँगै सन्देश पनि छन्। नेपालीमार्फत नै नेपालीले पाउने पीडालाई दृश्यका माध्यमले दर्शाइएको छ,’ उनले भने, ‘वैदेशिक रोजगारीले हाम्रो समाज र परिवारलाई गरेको क्षतिलाई समेट्दै सेवा दिनुपर्ने निकाय दायित्वबाट पन्छिदा पर्ने प्रभाव देखाइएको छ। यो यथार्थ चित्रण हो।’

अभिनेत्री करिष्मा मानन्धरले पनि चलचित्रको प्रस्तुतीकरण र मौलिकताको प्रशंसा गरिन्। ‘नेपाली चलचित्रमा मौलिकता भेटिएन्, आफ्नै कथा छैनरु भन्ने गुनासोको जबाफ बनेको छ नीरफूल। हाम्रो समाज र भोगाइसँग जोडिएको चलचित्रमा कलाकारले जीवन्त अभिनय गर्नुभएको छ। यसमा भूकम्पको समयमा एउटा ग्रामीण भेगमा परिवारले भोग्ने परिस्थितिलाई चित्रण गरिएको छ,’ उनले भनिन्।

अभिनेत्री मानन्धरले चलचित्रमा देखाइएको कला र संस्कृतिको समेत सराहना गरिन्। स्थानीय तहदेखि राष्ट्रियस्तरसम्मको समस्यालाई चलचित्रमा उजागर गरिएको गायिका सुनिता दुलालको भनाइ थियो।

चलचित्रका निर्देशक फूलमान बलले दर्शकझैँ निम्तालु अतिथिबाट प्रतिक्रिया पाएको जानकारी दिए। ‘नयाँ स्वाद, फरकपन पाएको प्रतिक्रिया पाएको छु। हेर्न आउनुभएका दर्शकले रूचाउनुभएको छ,’ उनले भने।

प्रकाशित: ३० जेठ २०८० ६:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − 9 =