वर्तमान सरकारलाई समर्थन यथावत राख्ने नयाँ जसपाको निर्णय

हिमाल प्रेस २५ वैशाख २०८१ ११:५२
10
SHARES
वर्तमान सरकारलाई समर्थन यथावत राख्ने नयाँ जसपाको निर्णय फाइल तस्बिर

काठमाडौँ- अशोक राई नेतृत्वमा गठन भएको जनता समाजवादी पार्टी(जसपा)ले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको अहिलेकै सरकारलाई समर्थन गर्ने निर्णय गरेको छ।

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालबाट छुट्टिएर गठन भएको जनता समाजवादीलाई निर्वाचन आयोगले सोमबार मान्यता दिएको थियो।

आयोगले नयाँ दलको मान्यता दिएलगत्तै उक्त पार्टीले संघीय संसद सचिवालयमा दल दर्ताको जानकारी दिएको थियो। त्यसपछि अध्यक्ष राईको अध्यक्षतामा बसेको संसदीय दल बैठकले अहिलेकै सरकारलाई निरन्तरता दिने निर्णय गरेको हो।

प्रतिनिधिसभामा नवगठित जसपाका ७ जना सांसद हुनेछन्।

प्रकाशित: २५ वैशाख २०८१ ११:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + 11 =