सहरमा आज : शिल्पीमा ‘मेटाफिजिक्स’, हलमा थरीथरी फिल्म

सुस्मिता बजगाईं २७ जेठ २०८० ६:०६
10
SHARES
सहरमा आज : शिल्पीमा ‘मेटाफिजिक्स’, हलमा थरीथरी फिल्म

काठमाडौँ- केही दिनदेखि गर्मी अत्यधिक बढेको छ। जेठ महिनाको अन्तिम शनिबार। बिदाको दिन हाइकिङतिर जान पनि मुस्किल छ। त्यसैले उपत्यकामा बस्नुहुनेले विभिन्न फिल्म हल, नाटकघर, चित्रकला प्रदर्शनीलाई गन्तव्य हुन बनाउन सकिन्छ। हलमा प्रत्येक साताको शुक्रबार नयाँ नेपाली, अंग्रेजी र हिन्दी फिल्म प्रदर्शनमा आउँछन्। राजधानीका कुनकुन ठाउँमा केकस्ता फिल्म, नाटक मञ्चन, ललितकला प्रदर्शनीलगायतका गतिविधि भइरहेका छन् त?

शिल्पीमा ‘मेटाफिजिक्स’

बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा शनिबार नाटक ‘मेटाफिजिक्स’ मञ्चन हुँदैछ। आज बेलुकी साढे पाँच बजे मञ्चन हुने नाटकका लेखक कुमार नगरकोटी हुन्। नाटकको नाट्य रूपान्तरण रविन परियारले गरेका छन्। नाटकको मञ्चन एक दिन (आज)मात्र रहेको छ। गोविन्द ओलीको निर्देशन रहेको नाटकमा शिल्पी थिएटरका डिप्लोमा अध्ययनरत विद्यार्थीको अभिनय छ।

राष्ट्रिय ललितकला प्रदर्शनी- २०८०

जेठ १५ गतेदेखि काठमाडौँमा ‘राष्ट्रिय ललितकला प्रदर्शनी-२०८०’ जारी छ। राष्ट्रिय ललितकला प्रज्ञा प्रतिष्ठानको कार्यालय नक्साल र नेपाल कला परिषद् बबरमहलमा भइरहेको प्रदर्शनी आगामी जेठ ३० गतेसम्म चल्नेछ।

‘म, मेरो देश र मेरो सिर्जना’ मुख्य विषय राखेर आयोजना गरिएको प्रदर्शनीमा छ सय नौ जना कलाकारका छ सय ९५ वटा कलाकृति छन्। जसअन्तर्गत आधुनिक र परम्परागत चित्रकला, मूर्तिकला विधाका साथै हस्तकला, लोककला, वास्तु तथा अन्य सिर्जनात्मक कलाअन्तर्गत फोटोग्राफी, कार्टुन, क्यारिकेचरलगायत विभिन्न विधामा कलाकारले कोरेका कलाकृति छन्।

यी कलाकृतिमध्ये लोककला तथा परम्परागत चित्रकला विधाका कलाकृति नेपाल कला परिषद् बबरमहलमा र आधुनिक चित्रकला, वास्तु तथा अन्य सिर्जनात्मक कला, हस्तकला, परम्परागत मूर्तिकला, आधुनिक मूर्तिकला विधाका कलाकृति नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठान, नक्सालमा राखिएको छ।

जावलाखेलमा स्वदेशी जुत्ता-चप्पल व्यापार मेला

ललितपुरस्थित जावलाखेलमा जेठ १७ देखि ‘स्वदेशी जुत्ता-चप्पल व्यापार मेला’ जारी छ। नेपाली जुत्ता चप्पल उत्पादक समूहको आयोजना रहेको मेला आगामी असार १७ गतेसम्म चल्नेछ।

‘नेपाली उत्पादनको प्रवद्र्धन हाम्रो अभियान’ भन्ने नारासहित सुरु भएको मेलामा नि :शुल्क प्रवेशको व्यवस्था गरिएको छ। मेलामा ३ हजारभन्दा बढी डिजाइनका जुत्ता तथा चप्पल राखिएको छ। जसमा न्यूनतम २० प्रतिशतदेखि ५० प्रतिशतसम्म छुटको व्यवस्था छ।

बिहान ९ देखि साँझ ५ बजेसम्म अवलोकन गर्न सकिने उक्त मेलामा गोल्डस्टार, रोयल सुज, बीएफ डियर हिल, बीएफ स्पोर्ट, क्रस रोड सुज, फस्टवाक सुज, सिल, हाई लाइफ, केटीएम र डिजे सुज ब्रान्डका जुत्ता चप्पल राखिएको छ।

मण्डलामा ‘बुद्ध र भिखारी’

थापागाउँस्थित मण्डला थिएटरमा जेठ १६ गतेदेखि नाटक ‘बुद्ध र भिखारी’ मञ्चन भइरहेको छ। नाटक जेठ ३२ सम्म मञ्चन हुनेछ। अनिल सुब्बाको परिकल्पना तथा निर्देशन रहेको नाटकको नाट्य रूपान्तरण चेतन आङथुपोले गरेका हुन्।

लोककथामा आधारित नाटक चुलाचुली थिएटरले प्रस्तुत गरेको हो। नाटकमा वेदना राई, प्रतिना राई, रमिता राई, रूपेश लामा, गणेश ताण्डव, सौजन सेनेहाङ लिम्बु, सञ्जीव योगी, मनीष मगरलगायतको अभिनय छ।

नाटक प्रत्येक साताको सोमबारबाहेक बेलुका साढे ५ बजे मञ्चन हुनेछ। शनिबार दिउँसो १ बजे पनि मञ्चन हुनेछ।

कौशीमा ‘त्रयम्’

टेकुस्थित कौशी थिएटरमा जेठ १२ गतेदेखि नाटक ‘त्रयम’ मञ्चन भइरहेको छ। नाटक जेठ २८ सम्म चल्ने छ। दिलिप रानाभाटको लेखन तथा निर्देशन रहेको नाटक थिएटर भिलेजले निर्माण गरेको हो।

डेरामा बस्दै आएका तीन युवतीको कथा समेटिएको नाटकमा संगीता थापा, रक्षा थापा, पूर्णिमा आचार्य, श्रवण रानामगर र नाथन रायन भण्डारीको अभिनय छ।
नाटक साताको प्रत्येक दिन बेलुकी साढे पाँच बजे सुरु हुनेछ। शनिबार दिउँसो १ बजेको अतिरिक्त सो छ।

हलमा कुनकुन फिल्म?

उपत्यकाका विभिन्न हलमा नेपाली, हिन्दी र अंग्रेजी फिल्म प्रदर्शनरत छन्। नेपाली फिल्म ‘वेलकम टु हेम्जाकोट’, ‘नीरफूल’, ‘ज्याकी’ र ‘जारी’ चलिरहेका छन्।

हिन्दीमा ‘जरा हट्के जरा बच्के’, र हलिउडमा ‘ट्रान्सफर्मस : राइज अफ द बिस्ट्स’, ‘स्पाइडर-म्यान : अक्रस द स्पाइडर-भर्स’ र अंग्रेजीमा ‘द लिटल म्यारियड’, ‘फास्ट एक्स’, ‘गार्डियन्स अफ द ग्यालक्सी’, प्रदर्शन भइरहेका छन्।

वेलकम टु हेम्जाकोट

जेठ २६ देखि फिल्म ‘वेलकम टु हेम्जाकोट’ प्रदर्शन भइरहेको छ। पारिवारिक कथामा आधारित फिल्मका लेखक तथा निर्देशक सरोज पौडेल हुन्। फिल्ममा बुद्धि तामाङ, विनोद न्यौपाने, सन्दीप सिग्देल, अम्बिका तामाङ, सुजाइरा काकी, अस्मिता पन्त, जयनन्द लामा, विशाल पहारी, रवि गिरी, शारदा गिरीलगायतको अभिनय छ।

आज क्यूएफएक्स सिनेमाअन्तर्गत सिभिल मल, भाटभटेनी भक्तपुर, छाया सेन्टर र लबिममा फिल्मको सो छ।

वान सिनेमाअन्तर्गत कालीमाटी ट्रेड सेन्टर र आइप्लेक्स मल, रञ्जना सिनेप्लेक्स, एफक्युब सिनेमाज, बीएसआर मुभिज, सिटी म्याक्स, कीर्तिपुर सिनेप्लेक्समा फिल्म ‘वेलकम टु हेम्जाकोट’ चलिरहेको छ।

आईएनआई सिनेमाजअन्तर्गत लोत्से मल, सिके सिनेमाज, सिडिसी सिनेमाज, अष्टनारायण हल र विश्वज्योति हल फिल्म ‘वेलकम टु हेम्जाकोट’ चलिरहेका अन्य हल हुन्।

नीरफूल

फिल्म ‘नीरफूल’ जेठ २६ गतेदेखि हलहरुमा प्रदर्शन भइरहेको छ। रेखा थापा, दयाहाङ राई, शान्ति वाइबा, बुद्धि तामाङ, पुष्कर गुरुङ, जिम्मे छ्योइकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरीलगायतको अभिनय छ। फिल्ममा २०७२ सालमा आएको विनाशकारी भूकम्पले धादिङको रुबिभ्यालीमा अवस्थित एक परिवारकोे कथा छ। फिल्मका निर्देशक फूलमान बल हुन्।

आज क्यूएफएक्स सिनेमाअन्तर्गत सिभिल मल भाटभटेनी भक्तपुर, दरबार सिनेम्याक्स, छाया सेन्टर र लबिम मलमा फिल्मको सो छ।

वान सिनेमाअन्तर्गत कालीमाटी ट्रेड सेन्टर र आइप्लेक्स मल, विश्वज्योति हल, अष्टनारायण हल, रञ्जना सिनेप्लेक्स, एफक्यूब सिनेमाज, बीएसआर मुभिज, सीके सिनेमाज फिल्म ‘नीरफूल’ चलिरहेको छ।

आईएनआई सिनेमाअन्तर्गत लोत्से मल, कीर्तिपुर सिनेप्लेक्स, सिटी म्याक्स, सीडीसी सिनेमाज, क्यूएस सिनेमाज, बिग मुभिज, फिल्म ‘नीरफूल’ चलिरहेका अन्य हल हुन्।

ज्याकी : आई एम ट्वान्टी वान

वैशाख २१ गतेदेखि देशभरका फिल्म हलमा ‘ज्याकी : आई एम ट्वान्टी वान’ प्रदर्शन भइरहेको छ। रेनशा राईको पटकथा र निर्देशन रहेको फिल्म डान्स ड्रामा जनरामा बनेको छ। धीरज मगर र जसिता गुरुङ मुख्य भूमिकामा रहेको फिल्ममा अरुण क्षेत्री, प्रेम सुब्बा, लोनिभा तुलाधर, सुजता राई, सूर्यमान लिम्बूलगायतको अभिनय छ।

आज उपत्यकामा वान सिनेमाजअन्तर्गत आइप्लेक्स मलमा फिल्मको एक सो छ।

जारी

वैशाख १ गतेदेखि प्रदर्शन भएको फिल्म ‘जारी’ देशभरका सिनेमा हलमा चलिरहेको छ। फिल्मका निर्देशक उपेन्द्र सुब्बा हुन्। लिम्बू जातिमा रहेको जारी कथामा आधारित फिल्ममा कलाकार दयाहाङ राई, मिरुना मगर, विजय बराल, रोयदीप श्रेष्ठ, कमलमणि नेपाल, रेखा लिम्बू, प्रेम सुब्बा, अनिल सुब्बा, पुस्कर गुरुङ लगायतको अभिनय छ।
आज उपत्यकामा क्यूएफएक्स सिनेमाघरअन्तर्गत सिभिलमा फिल्मको सो छ।

एफक्युब सिनेमाज, सीडीसी सिनेमाज, बीएसआर मुभिज, रञ्जना सिनेप्लेक्स, अनुपम मलस्थित सिके सिनेमाज, बिग मुभिज, अष्टनारायण हलमा ‘जारी’ चलिरहेको छ।

जरा हट्के जरा बच्के

हिन्दी फिल्म ‘जरा हट्के जरा बच्के’ २ जुन अर्थात जेठ १९ गतेदेखि नेपालमा प्रदर्शन भइरहेको छ। कमेडी र ड्रामा जनरामा बनेको फिल्ममा विक्की कौशल, सारा अलि खान, मेघा अग्रवाललगायतको अभिनय छ।

आज उपत्यकामा क्यूएफएक्स सिनेमाघरअन्तर्गत भाटभटेनी भक्तपुर, दरबार सिनेम्याक्स छाया सेन्टर र लबिम मलमा फिल्मको सो छ।

वान सिनेमाअन्तर्गत कालीमाटी ट्रेड सेन्टर र आइप्लेक्स मल, एफक्यूब सिनेमाज, सीडीसी सिनेमाज, राइजिङमलस्थित क्यूएस सिनेमाज, बीएसआर मुभिजमा फिल्म ‘जार हट्के जरा बच्के’ फिल्म चलिरहेको छ।

आईएनआई सिनेमाअन्तर्गत लोत्से मल, रञ्जना सिनेप्लेक्स, अनुपम मलस्थित सीके सिनेमाज, बिग मुभिज, अष्टनारायण हल, विश्वज्योति सिनेप्लेक्स ‘जरा हड्के जरा बच्के’ चलिरहेका अन्य हल हुन्।

ट्रान्सफर्मस : राइज अफ द बिस्ट्स

हलिउड फिल्म ‘ट्रान्सफर्मस : राइज अफ द बिस्ट्स’ नेपालमा जेठ २६ गतेदेखि प्रदर्शन भइरहेको छ। एक्सन र एडभेन्चर जनरामा बनेको फिल्मका निर्देशक स्टिभन क्यापल हुन्। फिल्ममा एन्थोनी रामोस, डोमिनिक फिसब्याक, डोमेनिक डि रोसा, मिशेल योह, रोन पार्लम्यान, पिटर डिक्लेजलगायतको अभिनय छ।

आज क्यूएफएक्स सिनेमाअन्तर्गत छाया सेन्टर, दरबार सिनेम्याक्स, सिभिल मल, भाटभटेनी भक्तपुर र लबिम मलमा फिल्मको सो छ।

वान सिनेमाअन्तर्गत कालीमाटी ट्रेड सेन्टर र आइप्लेक्स मल, रञ्जना सिनेप्लेक्स, एफक्युब सिनेमाज, सीके सिनेमाज, अष्टनारायण हल र विश्वज्योति हलमा फिल्म ‘ट्रान्सर्फर्मस : राइज अफ द बिस्ट्स’ चलिरहेको छ।

आईएनआई सिनेमाअन्तर्गत लोत्से मल, कीर्तिपुर सिनेप्लेक्स, सीडीसी सिनेमाज, क्युएस सिनेमाज, बिग मुभिज, बीएसआर मुभिज, फिल्म ‘ट्रान्सर्फर्मस : राइज अफ द बिस्ट्स’ चलिरहेका अन्य हल हुन्।

स्पाइडर-म्यान : अक्रस द स्पाइडर- भर्स

२ जुन अर्थात् जेठ १९ गतेदेखि नेपालका विभिन्न हलमा हलिउड फिल्म ‘स्पाइडर-म्यान : अक्रस द स्पाइडर-भर्स’ चलिरहेको छ। फिल्ममा शमिक मुर, हेली स्टेनफेल्ड, अस्कर आइज्याक, जोक जोन्सन, इसा रे, ब्रायन टायरी हेनरी, लुना लरेन भेलेज, राहेल ड्राचको अभिनय छ। आज उपत्यकामा क्यूएफएक्स सिनेमाघरअन्तर्गत सिभिल मल, भाटभटेनी भक्तपुर, दरबार सिनेम्याक्स, छाया सेन्टर र लबिम मलमा फिल्मको सो छ।

वान सिनेमाअन्तर्गत कालीमाटी ट्रेड सेन्टर र आइप्लेक्स मल, एफक्यूब सिनेमाज, राइजिङमलस्थित क्यूएस सिनेमाज, बीएसआर मुभिज, रञ्जना सिनेप्लेक्समा हलियुड फिल्म ‘स्पाइडर-म्यान : अक्रस द स्पाइडर-भर्स’ प्रदर्शनरत छ। आईएनआई सिनेमाअन्तर्गत लोत्से मल, अनुपम मलस्थित सीके सिनेमाज, बिग मुभिज, विश्वज्योति सिनेप्लेक्समा यो फिल्म चलिरहेको छ।

द लिटल मर्मेड

अंग्रेजी फिल्म ‘द लिटल मर्मेड’ जेठ १२ गतेदेखि नेपालका विभिन्न हलमा चलिरहेको छ। हलिउडको म्युजिकल फिल्म एड्भेन्चर जनरामा बनेको फिल्मका निर्देशक रब मार्सल हुन्। फिल्ममा हेल्ली बेली, जोनाह हाउर किङ, डेभिड डिग्सलगायत कलाकारले अभिनय गरेका छन्।

आज उपत्यकामा रहेको क्युएफएक्स अन्तर्गतका दरबार सिनेक्याक्स, छाया सेन्टर र लबिम मल र अनुपम मलस्थित सिके सिनेमाजमा फिल्मको सो छ।

फास्ट एक्स

अंग्रेजी फिल्म ‘फास्ट एक्स’ जेठ ५ गतेदेखि नेपाली हलमा प्रदर्शन जारी छ। लुइस लेटरियरको निर्देशनमा रहेको फिल्ममा विन डिजेल, मिशेल रोड्रिग्वेज, जेनस मोमोआ, जोन सेनालगायत कलाकारको अभिनय छ।

आज उपत्यकामा क्यूएफएक्स सिनेमाघरअन्तर्गत छाया सेन्टर र एफक्यूब सिनेमाजमा फिल्मको सो छ।

गार्डियन्स अफ द ग्यालक्सी

मे ५ अर्थात् वैशाख २२ गतेदेखि नेपालका हलमा अंग्रेजी फिल्म ‘गार्डियन्स अफ द ग्यालक्सी’ प्रदर्शनरत छ। एक्सन एडभेन्चर र कमेडी जनरामा बनेको फिल्मका निर्देशक जेम्स गन हुन्। फिल्ममा क्रिस प्राट, जो साल्दाना, डेभ बाउटिस्टा, विन डिजललगायत कलाकारको अभिनय छ। आज उपत्यकामा रञ्जना सिनेप्लेक्समा फिल्मको एक सो छ।

प्रकाशित: २७ जेठ २०८० ६:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 9 =