९८ औं दिनमा ‘जारी’

हिमाल प्रेस ४ साउन २०८० १२:१४
56
SHARES
९८ औं दिनमा ‘जारी’

काठमाडौँ– फिल्म ‘जारी’को प्रदर्शन बिहीबार (आज)बाट ९८ औं दिनमा पुगेको छ। नयाँ वर्ष ०८० सालको अवसर पारेर वैशाख १ गतेदेखि देशभर प्रदर्शनमा आएको फिल्मले प्रदर्शनको ९८ औं दिन पूरा गरेको हो।

लिम्बू जातिमा रहेको जारी प्रथामा आधारित फिल्मलाई दर्शकले रुचाएका छन्। कविसमेत रहेका उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्मलाई राम बाबु गुरुङले निर्माण गरेका हुन्।

फिल्ममा दयाहाङ राई, मिरुना मगर, विजय बराल, रोयदीप श्रेष्ठ, कमलमणि नेपाल, रेखा लिम्बू, प्रेम सुब्बा, अनिल सुब्बा, पुस्कर गुरुङलगायतको अभिनय छ।

बाँसुरी फिल्मको प्रस्तुतिमा निर्माण भएको फिल्मलाई शैलेन्द्र डी कार्कीले छायांकन गरेका हुन् भने निमेष श्रेष्ठले सम्पादन गरेका हुन्।

काठमाडौँ उपत्यकामा क्यूएफएक्स सिनेमाजअन्तर्गत सिभिल मलमा फिल्म प्रदर्शन भइरहेको छ।

प्रकाशित: ४ साउन २०८० १२:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 19 =