वेस्ट इन्डिजसँग ७६ रनले हार्‍यो नेपाल

हिमाल प्रेस १९ वैशाख २०८१ १५:५६
46
SHARES
वेस्ट इन्डिजसँग ७६ रनले हार्‍यो नेपाल

काठमाडौँ- वेस्ट इन्डिज ‘ ए’ विरुद्ध ले ट्वान्टी २० शृंखलको तेस्रो खेलमा नेपाल ७६ रनले पराजित भएको छ। पराजयसँगै नेपाल तीन खेलको शृंखलामा २-१ ले पछि परेको छ। पहिलो खेलमा नेपाल चार विकेट र दोस्रो खेलमा वेस्ट इन्डिज १० रनले विजयी भएका थिए।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबार वेस्ट इन्डिजले प्रस्तुत गरेको २२८ रनको लक्ष्य पछ्याएको नेपाल १९.२ ओभरमा १५१ रनमै समेटियो। नेपालका लागि करण केसी र लोकश बमले समान२८, कुशल मल्लले १९, विनोद भण्डारीले १९ र अनिल शाहले १४ रन बनाए।

वेस्ट इन्डिजका लागि हाइडेन वाल्सले तीन, गुडाकेश मोतलीले दुई तथा म्थ्युज फोर्ड, फाबियन एलन र आबेड म्याकोयले समान एक विकेट लिए।ओपनर विनोद भण्डारीलाई चौथो ओभरको अन्तिम बलमा फबियन एलनले हाइडेन वाल्सबाट क्याच गराए। विनोद १९ रन बनाएर पेभेलियन फर्किए। नेपालले दोस्रो विकेटका रूपमा अनिल साहलाई गुमायो।

अनिललाई सातौं ओभरको चौथो बलमा गुडाकेश मोतीले रोस्टन चेजबाट क्याच गराए। अनिल १४ रन बनाएर आउट भए। १०औं ओभरको चौथो बलमा आरिफ शेख तीन रन बनाएर पेभेलियन फर्किए। आरिफलाई हाइडेन वाल्सले एलिक एथानाजबाट क्यान गराए।

ओपनर लोकेश बमलाई ११औं ओभरको अन्तिम बलमा गुडाकेश मोतीले बोल्ड गरे। लोकेशले २८ रन बनाए। नेपालले पाँचौं विकेटका रूपमा कुशल मल्ललाई गुमायो। कुशलाई २० रन बनाएका कुशललाई १३औं ओभरको पहिलो बलमा वाल्सल जोसुवा बिसोफ( वैकल्पिक) बाट क्याच गराए।

१४औं ओभरको अन्तिम बलमा विवेक यादव तीन रन बनाएर रन आउटको सिकार बने। १५औं ओभरको दोस्रो बलमा गुल्सन झालाई वाल्सले कट एन्ड बोल्ड गरे। गुल्सन ६ रन बनाएर पेभेलियन फर्किए।

१७औं ओभरको तेस्रो बलमा सात रन बनाएर खेलिरहेका कप्तान दीपेन्द्रसिंह ऐरी रन आउट भए। १९औं ओभरको पहिलो बलमा ६ रन बनाएका कमलसिंह ऐरीलाई म्याथ्यु फोर्डले वाल्सबाट क्याच गराए।

अन्तिम ओभरको दोस्रो बलमा ओवेड म्याकोयले करण केसीलाई किमो पउलबाट क्याच गराए। करणले २८ रन बनाए। त्यसअघि टस जितेर ब्याटिङ रोजेको वेस्ट इन्डिजले निर्धारित २० ओभ तीन विकेट गुमाउँदै २२७ रनको योगफल तयार पार्‍यो।

वेस्ट इन्डिजका लागि चार्ल्सले ६१ बलमा १३ चौका र सात छक्काको मद्दतले अविजित ११९ रनको योगदान गरे। यसैगरी आन्द्रे फ्लेचरले अर्धशतक बनाउँदा किमो पउल १३ रनमा अविजित रहे।

दोस्रो विकेटका लागि चार्ल्स र फ्लेचरले १४५ रनको साझेदारी गरे। नेपालका लागि करण केसी र सागर ढकालले समान एक विकेट लिए। चौथो ओभरको पहिलो बलमा एलिक एथानाज १७ रन बनाएर रन आउटको सिकार बने।

१६औं ओभरको पाँचौं बलमा सागर ढकालले आन्द्रे फ्लेचरलाई दीपेन्द्रसिंह ऐरीबाट क्याच गराए। उनले ३३ बलमा चार चौका र तीन छक्का प्रहार गरे। १९औं ओभरको दोस्रो बलमा करण केसीले फाबियन एलनलाई दीपेन्द्रबाट क्याच गराए। एलनले नौ बलमा दुई चौका र एक छक्काको मद्दतले १९ रन बनाए। शृंखलाको चौथो खेल बिहीबार हुनेछ।

प्रकाशित: १९ वैशाख २०८१ १५:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − eight =