सहरमा आज

चार नाटक मञ्चन, आठ फिल्म प्रदर्शन जारी

सुस्मिता बजगाईं ६ साउन २०८० ६:१२
12
SHARES
चार नाटक मञ्चन, आठ फिल्म प्रदर्शन जारी

काठमाडौँ-आज साउनको पहिलो शनिबार। मनोरञ्जनात्मक गतिविधिमा रमाउनेको लागि उपत्यकाका विभिन्न नाटकघरमा चार नाटक मञ्चन जारी छ। ‘चक्र’ ‘ट्रान्जिट’, ‘ट्युवेल’ र ‘हिँउभन्दा चिसो’। त्यस्तै हलमा चार नेपाली, दुई बलिउड र तीन हलिउड गरी आठ फिल्म चलिरहेको छ।

शिल्पीमा ‘ट्रान्जिट’

बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा साउन ५ गतेदेखि नाटक ‘ट्रान्जिट’ मञ्चन भइरहेको छ। आगामी भदौ २ गतेसम्म भल्ने नाटकका नाटककार घिमिरे युवराज हुन्। नाटकको परिकल्पना र निर्देशन पनि उनकै छ। कुमार नगरकोटीको लेखन रहेका नाटकमा निर्देशक युवराजसहित कलाकार दिव्यदेव, आकांक्षा कार्की, शिल्पा मास्के, बासना तिमल्सिना, मिल्सन राईको अभिनय छ।

नाटक मंगलबारबाहेक साताको प्रत्येक दिन साझँ साढे पाँच बजे मञ्चन भइरहेको नाटक आज (शनिबार) दिँउसो एक बजे मञ्चन गरिनेछ।

मण्डलामा ‘चक्र’ र ‘हिँउभन्दा चिसो’

थापागाउँस्थित मण्डल थिएटरमा साउन ४ गतेदेखि नाटक ‘चक्र’ मञ्चन भइरहेको छ। साउन १४ गतेसम्म चल्ने नाटकका परिकल्पनाकार तथा निर्देशक राम प्रसाद ढकाल हुन्। नाटक परिवर्तन र संघर्षको कथामा आधारित छ।

सोमबार बाहेक साताको प्रत्येक दिन दिउँसो चार बजे मञ्चन भइरहेको नाटक आज शनिबार भने दिउँसो १ बजेको अतिरिक्त सो पनि हुँदैछ।

मण्डलामै असार ८ गतेदेखि नाटक ‘हिँउभन्दा चिसो’को मञ्चन जारी छ। नाटक आगामी साउन १४ गतेसम्म मञ्चन गरिनेछ। मण्डला थिएटर नेपालको प्रस्तुति रहेको नाटकका निर्देशक सोमनाथ खनाल हुन्।

नाटकमा कलाकार भोला सापकोटा, रेणु योगी र गोविन्द सुनारले अभिनय गरेका छन्।

सोमबारबाहेक साताको प्रत्येक दिन साझँ पौने छ बजे मञ्चन भइरहेको नाटक आज शनिबार दिउँसो साँढ दुई बजे अतिरिक्त सो मञ्चन हुनेछ।

पुरानो नाटकघरमा ‘ट्युवेल’

सिनामंगलस्थित पुरानो नाटक घरमा असार १५ गतेदेखि नाटक ‘ट्युवेल’ मञ्चन भइरहेको छ। नाटकमा तराईका किसानहरूले सिँचाइसम्बन्धि भोगेका समस्यालाई देखाइएको छ।

रोशन सुवेदीको परिकल्पना तथा निर्देशनमा तयार भएको नाटकमा निशा दाहाल, अरविन्दकुमार मौर्य, भुवन लुहार, श्रवण यादव, राजिव चौधरी, कुन्दन थारु, रोहित रजकलगायत कलाकारको अभिनय छ।

आगामी साउन १५ सम्म चल्ने नाटक बुधबारबाहेक साताको प्रत्येक दिन साँझ सवा पाँच बजे मञ्चन हुनेछ। आज शनिबार भने दिउँसो १ बजे अतिरिक्त सो मञ्चन हुनेछ।

हलमा कुनकुन फिल्म

उपत्यकाका विभिन्न हलमा नेपाली, हिन्दी र अंग्रेजी फिल्म प्रदर्शनरत छन्। नेपाली फिल्म ‘लुङा’, ‘बगान’ र ‘जारी’ हलमा चलिरहेका छन्।

हलिउडमा ‘बार्बी’, ‘ओपेनहेइमर’ र ‘इन्सिडियसः द रेड डोर’, बलिउडमा ‘मिसनः इम्पोसिबल-रेकनिङ पार्ट वान’ र ‘सत्यप्रेम की कथा’ प्रदर्शन भइरहेका छन्।

लुङा

नेपाली फिल्म ‘लुङा’ हिजो साउन ५ गतेदेखि प्रदर्शन भइरहेको छ। लिम्बू संस्कृतिमा आधारित फिल्म ‘लुङा’ का निर्माता किरण राई हुन।

फिल्ममा बुद्धि तामाङ, भुवनसिंह राई, सारा राई, भिम शर्मा लिम्बू, प्रकाश दाहाल, अनुप लिङ्खिम, सुदिपजंग कार्की, गंगाबहादुर राई, सम्झना लिम्बू, रमेश बुढाथोकी, निशान लुइँटेल, स्मृति पोखरेललगायत कलाकारको अभिनय छ।

आइएनआई सिनेमा अन्तर्गत उपत्यकाको लोत्से मल, बिएसआर मुभिज, सीडीसी सिनेमाज, वान सिनेमा अन्तर्गत कालीमाटी ट्रेड सेन्टर र आइप्लेक्स मल, सीके सिनेमाज, रञ्जना सिनेप्लेक्स, विश्वज्योति हल, अष्टनारायण हलमा फिल्म ‘लुङा’को सो छ।

बगान

फिल्म ‘बगान’ असार २९ गतेदेखि देशभर प्रदर्शन भइरहेको छ। एकल महिलाको कथामा आधारित फिल्मका निर्देशक सरोज खनाल हुन्। फिल्ममा निर्देशक सरोजसहित करिश्मा मानन्धर, प्रमिला कार्की, आकाश श्रेष्ठ, नीर शाह, मिथिला शर्मा, बसुन्धरा भुसाललगायत कलाकारको अभिनय छ।

आज क्युएफएक्स सिनेमाअन्तर्गत भाटभटेनी भक्तपुर र सिभिल मलमा फिल्मको सो छ।

आइएनआई सिनेमाअन्तर्गत उपत्यकाको लोत्से मल, वान सिनेमा अन्तर्गत कालीमाटी ट्रेड सेन्टर र एफक्यूब सिनेमाज, बिग मुभिज, बिएसआर मुभिज, सीके सिनेमाज, विश्वज्योति हल, कीर्तिपुर सिनेप्लेक्समा फिल्म ‘बगान’ प्रदर्शनरत छ।

जारी

वैशाख १ गतेदेखि प्रदर्शन भएको फिल्म ‘जारी’ले आज १०० दिन मनाउँदैछ। फिल्मका निर्देशक उपेन्द्र सुब्बा हुन्। लिम्बू जातिमा रहेको जारी कथामा आधारित फिल्मलाई निकैले रुचाएका छन्।

फिल्ममा कलाकार दयाहाङ राई, मिरुना मगर, विजय बराल, रोयदीप श्रेष्ठ, कमलमणि नेपाल, रेखा लिम्बू, प्रेम सुब्बा, अनिल सुब्बा, पुस्कर गुरुङ लगायतको अभिनय छ।

आज उपत्यकामा क्यूएफएक्स सिनेमाघरअन्तर्गत सिभिल मल र एफक्यूब सिनेमाज, बिग मुभिजमा फिल्मको सो छ।

बार्बी

साउन ४ गतेदेखि नेपाली हलहरूमा हलिउड फिल्म ‘बार्बी’ चलिरहेको छ। कमेडी र एक्सन जनरामा बनेको फिल्म ग्रेटा गेर्विगले निर्देशन गरेका हुन्। फिल्ममा मार्गट रोबि,रायन गोस्लिङ, एम्मा म्याकीलगायत कलाकारको अभिनय छ।

आज क्यएफएक्स सिनेमाअन्तर्गत भाटभटेनी भक्तपुर, सिभिल मल, दरबार सिनेम्याक्स र छाया सेन्टरमा फिल्मको सो छ।

आइएनआई सिनेमा अन्तर्गत उपत्यकाको लोत्से मल, एफक्यूब सिनेमाज, बिग मुभिज, बिएसआर मुभिज, सीडीसी सिनेमाजमा हलिउड फिल्म ‘बार्बी’ चलिरहेको छ।

वान सिनेमा अन्तर्गत कालीमाटी ट्रेड सेन्टर र आइप्लेक्स मल, सीके सिनेमाज, रञ्जना सिनेप्लेक्स, विश्वज्योति हल, क्यूएस सिनेमाज, कीर्तिपुर सिनेप्लेक्स र अष्टनारायण हल हलिउड फिल्म ‘बार्बी’ प्रदर्शनरत छ।

ओपेनहेइमर

हलिउड फिल्म ‘ओपेनहेइमर’ साउन ४ गतेदेखि नेपालमा प्रदर्शनरत छ। बायोग्राफीकल र ड्रामा जनरामा बनेको फिल्म क्रिस्टोफर नोलन हुन्। फिल्ममा अमेरिकी वैज्ञानिक जे रोबर्ट ओपेनहाइमरको कथा र परमाणुबाट बनेको बमको विकासमा उनको भूमिकालाई प्रस्तुत गरिएको छ। फिल्ममा सिलियन मफी, एमिली ब्लन्ट, फ्लोरेन्स पग, रोबर्ट डाउनी, जुनियर म्याट डेमन लगायतको अभिनय छ।

आज क्यएफएक्स सिनेमाअन्तर्गत छाया सेन्टर, दरबार सिनेमाक्स, सिभिल मल, लबिम मल र भाटभनेटी भक्तपुरमा फिल्मको सो छ।

आइएनआई सिनेमा अन्तर्गत उपत्यकाको लोत्से मल, एफक्यूब सिनेमाज, बिग मुभिज, बिएसआर मुभिज, सीडीसी सिनेमाजमा हलिउड फिल्म ‘ओपेनहेइमर’ प्रदर्शन भइरहेको छ।

वान सिनेमा अन्तर्गत कालीमाटी ट्रेड सेन्टर र आइप्लेक्स मल, सीके सिनेमाज, रञ्जना सिनेप्लेक्स, विश्वज्योति हल, क्यूएस सिनेमाज, अष्टनारायण हल हलिउड फिल्म ‘ओपेनहेइमर’ चलिरहेको अन्य हलहरू हुन्।

इन्सिडियसः द रेड डोर

हलिउड फिल्म ‘इन्सिडियसः द रेड डोर’ असार २२ गतेदेखि नेपाली हलहरूमा चलिरहेको छ। फिल्मका निर्देशक पेट्रिक विल्सन हुन्। हरर र थ्रिलर नजरामा बनेको फिल्म रोय बायर्न, पेट्रिक विल्सन, टाई सिम्पकिन्स, हियम अब्बासलगायत कलाकारको अभिनय छ।

आज क्युएफएक्स सिनेमाअन्तर्गत छाया सेन्टरमा फिल्मको एक सो छ।

एफक्यूब सिनेमाज, सीडीसी सिनेमाज, सीके सिनेमाज, रञ्जना सिनेप्लेक्स हलिउड फिल्म ‘इन्सिडियस : द रेड डोर’ चलिरहेको अन्य हल हुन्।

मिसन : इम्पोसिबल- रेकनिङ पार्ट वान

असार २९ गतेदेखि नेपालका हलहरूमा बलिउड फिल्म ‘मिसन : इम्पोसिबल- रेकनिङ पार्ट वान’ प्रदर्शन भइरहेको छ। एक्सन एडभेन्चर र थ्रिलर जनरामा बनेको फिल्मका निर्देशक क्रिस्टोफर एमसी हुन्। फिल्ममा टम क्रुज, हेली एटवेल, विङ्ग रेम्स, साइमन पेगलगायत कलाकारको अभिनय छ।

आज क्युएफएक्स सिनेमाअन्तर्गत दरबार सिनेम्याक्स, छाया सेन्टर, भाटभटेनी भक्तपुर, लबिम मल र सिभिल मलमा फिल्मको सो छ।

आइएनआई सिनेमा अन्तर्गत उपत्यकाको लोत्से मल एफक्यूब सिनेमाज, बिएसआर मुभिज, सीके सिनेमाज, विश्वज्योति हल बलिउड फिल्म ‘मिसनः इम्पोसिबल- रेकनिङ पार्ट वान’ प्रदर्शन भइरहेको अन्य हलहरू हुन्।

सत्यप्रेम की कथा

हिन्दी फिल्म ‘सत्यप्रेम की कथा’ असार १४ गतेदेखि नेपाली हलहरूमा प्रदर्शन भईरहेको छ। फिल्म कमेडी र ड्रामा जनरामा बनेको छ। फिल्मका निर्देशक समीर विद्वान्स हुन्। फिल्ममा कार्तिक आर्यान, कियारा आडवाणी मुख्य भूमिकामा छन्।

आज आइएनआई सिनेमा अन्तर्गत उपत्यकाको लोत्से मल, रञ्जना सिनेप्लेक्समा फिल्मको सो छ।

प्रकाशित: ६ साउन २०८० ६:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × three =