सरोज खनाल निर्देशित ‘बगान’को ट्रेलर सार्वजनिक

हिमाल प्रेस २० असार २०८० १५:०२
8
SHARES
सरोज खनाल निर्देशित ‘बगान’को ट्रेलर सार्वजनिक

काठमाडौँ- यही असार २९ बाट प्रदर्शन हुने फिल्म ‘बगान’को ट्रेलर सार्वजनिक गरिएको छ।

आज (बुधबार) नेपाल वेबसाइट नामक युट्युब च्यानलबाट ट्रेलर सार्वजनिक गरिएको हो। फिल्ममा एकल महिलाको कथा समेटिएको छ।

सरोज खनालको लेखन र निर्देशनमा बनेको फिल्ममा चर्चित नयाँ तथा पुराना कलाकारहरुले अभिनय गरेका छन्।

निर्देशक सरोजसहित फिल्ममा करिश्मा मानन्धर, केकी अधिकारी, नीर शाह, मिथिला शर्मा, बसुन्धरा भुसाल, प्रमिला कार्की, आकाश श्रेष्ठलगायत कलाकारको अभिनय छ।

फिल्म नारायण जिसी र उत्सव दाहालले छायांकन गरेका छन् भने सन्देश शाहको सम्पादनमा बनेको छ। फिल्मका निर्माता सुरेश वाग्ले हुन्।

 

प्रकाशित: २० असार २०८० १५:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + six =