एकल महिलालाई ‘बगान’ नि: शुल्क

हिमाल प्रेस २१ असार २०८० १२:१२
8
SHARES
एकल महिलालाई ‘बगान’ नि: शुल्क

काठमाडौँ– असार २९ गते प्रदर्शन हुने फिल्म ‘बगान’ एकल महिलाले निशुल्क हेर्न पाउने भएका छन्।

अभिनेता तथा निर्देशक सरोज खनालले फिल्मको ट्रेलर सार्वजनिक कार्यक्रममा एकल महिलालाई निःशुल्क देखाउने घोषणा गरेका हुन्।

‘फिल्मको विषयवतु एकल महिलाको कथामा आधारित छ,’ उनले भने। उनीहरूको सम्मानका लागि यस्तो निर्णय गरिएको निर्देशक खनालले बताए।

निर्देशक सरोजसहित फिल्ममा करिश्मा मानन्धर, केकी अधिकारी, नीर शाह, मिथिला शर्मा, बसुन्धरा भुसाल, प्रमिला कार्की, आकास श्रेष्ठलगायत कलाकारको अभिनय छ।

नारायण जिसी र उत्सव दाहालले छायांकन गरेको फिल्म सन्देश शाहको सम्पादनमा बनेको छ। फिल्मका निर्माता सुरेश वाग्ले हुन्।

प्रकाशित: २१ असार २०८० १२:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − one =