पौडी खेल्दा डुबेर कैलालीमा दुई बालबालिकाको मृत्यु

हिमाल प्रेस ३० वैशाख २०८१ १९:२५
22
SHARES
पौडी खेल्दा डुबेर कैलालीमा दुई बालबालिकाको मृत्यु

कैलाली- कैलालीको कैलारी गाउँपालिका-८, लोहरपुर तेडी बाँध नदीमा नुहाउने क्रममा आज (आइतबार) दुई बालबालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कैलारी-८, लोहरपुरका सात वर्षीय अमिल खड्का र १३ वर्षीया दुर्गा साउँदको रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक सरस्वती अधिकारीले जानकारी दिइन्।

उनका अनुसार बालक खड्काको घटनास्थलमै र बालिका साउँदको सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो। दुवैको शव सेती प्रादेशिक अस्पतालमा राखिएको  प्रहरीले जनाएको  छ।

प्रकाशित: ३० वैशाख २०८१ १९:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + four =