घरभाडा घटाउन पोखराका व्यवसायीको माग

हिमाल प्रेस ३० जेठ २०८० १९:१९
4
SHARES
घरभाडा घटाउन पोखराका व्यवसायीको माग

पोखरा- आर्थिक मन्दीको मारमा परेको भन्दै पोखराका व्यवसायीले घरभाडा घटाउन माग गरेका छन्। घरभाडा सरोकार समिति कास्कीले मंगलबार पत्रकार सम्मेलन गरी घरभाडा ५० प्रतिशतसम्म घटाउन माग गरेको हो।

समितिका अध्यक्ष कमलप्रसाद न्यौपानेले आर्थिक मन्दी र बैंक तथा वित्तीय संस्थाको चर्को ब्याजदरका कारण त्यसको अवसरमा व्यवसायमा परेकोले घरभाडा तिर्न सक्ने स्थिति नरहेको बताए। जसका कारण व्यवसायी पलायनसमेत हुने स्थिति आएको छ।

न्यौपानेका अनुसार पोखरामा हाल २५ देखि ३० प्रतिशत व्यवसायीले व्यवसाय छोडिसकेका छन्। समितिले घरभाडा नघटाए त्यसको परिणाम राम्रो नहुने चेतावनीसमेत दिएको छ। व्यवसाय नचलेका कारण घरभाडा तिर्न नसकिरहेको अवस्थामा घरभाडा नघटाउने हो भने व्यवसायी पलायन हुने र सोही कारण सहरका धेरै सटरहरू खाली हुने स्थिति आउने समितिको चेतावनी छ।

प्रकाशित: ३० जेठ २०८० १९:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 13 =