७ विधामा स्पोर्टस् अवार्ड, तयारी पूरा

हिमाल प्रेस २७ वैशाख २०८१ १६:३६
20
SHARES
७ विधामा स्पोर्टस् अवार्ड, तयारी पूरा

पोखरा- नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले बर्सेनि आयोजना गर्दै आएको स्पोर्टस् अवार्डको आठौं संस्करण शुक्रबार पोखरामा हुँदैछ। ७ विधामा प्रदान गरिने अवार्ड कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको बिहीबार पत्रकार सम्मेलनमा मञ्च अध्यक्ष दीननाथ बरालले बताए।

मनोनयनमा परेकामध्ये वर्ष खेलाडी महिला र पुरुषतर्फ उत्कृष्टलाई टेलजी इलेक्ट्रिक स्कुटर प्राप्त गर्नेछन्। वर्ष खेलाडी महिला र पुरुषतसहित उदीयमान खेलाडी र प्रशिक्षक विधामा ३/३ जनाको मनोनयन गरिएको छ। छनोट समितिको सिफारिसमा तीमध्ये १ जनालाई उत्कृष्ट घोषणा गरिनेछ।

वर्ष खेलाडी पुरुषमा उत्कृष्ट ३ मा पर्न सफल खेलाडीहरुमा अर्जुन कुमाल (क्रिकेट), प्रदीप खड्का (टेनिस) र हिमाल सुनारी (भलिबल) छन्। वर्ष खेलाडी महिलातर्फ अनुश्का शेरचन (आर्चरी), अरुणा शाही (भलिबल) र सुस्मिता थापा मगर (आइटिएफ तेक्वान्दो) उत्कृष्ट ३ मा पर्न सफल भए।

उदीयमान खेलाडीतर्फ ज्योत्सनिका मरासिनी (क्रिकेट), दिलासा राना (ब्याडमिन्टन) र बादल कार्की (एथलेटिक्स) छन् भने उत्कृष्ट प्रशिक्षकतर्फ टेनिसका नीरज थापा, भलिबलका रमेश केसी र क्रिकेटका रिजन प्रजू मनोनयनमा परेका छन्।

उदीयमान खेलाडी र प्रशिक्षकतर्फ उत्कृष्टले ३५ हजारसहित अवार्ड प्राप्त गर्ने छन्। यसबाहेक मञ्चले लाइफटाइम अचिभेमन्ट अवार्डबाट इन्द्रा मल्ललाई सम्मान गर्दैछ। उत्कृष्ट क्लबमा सहारा क्लब पोखरा परेको छ भने पत्रकारतर्फ रोहितराज पराजुली छन्। उनीहरुलाई ३५ हजारसहित अवार्ड दिइनेछ। ओलम्पियन खेलाडी नारायण गुरुङ र टेनिसका अभिषेक बास्तोलालाई स्पेशल अवार्ड दिइनेछ।

पोखरा सभागृहमा दिउँसो ३ बजे हुने समारोहमा लोकप्रिय गायक प्रकाश सपूतले प्रस्तुति दिनेछन् भने विविध सांस्कृतिक कार्यक्रम हुने प्रचार संयोजक राजाराम पौडेलले बताए।

प्रकाशित: २७ वैशाख २०८१ १६:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − five =