पोखरामा किसानका लागि आईपीएम पाठशाला

हिमाल प्रेस १९ वैशाख २०८१ १४:४१
पोखरामा किसानका लागि आईपीएम पाठशाला

गण्डकी- कास्कीको पोखरा महानगरपालिकामा एकीकृत शत्रुजीव व्यवस्थापन (आइपिएम) किसान पाठशाला सञ्चालन गरिएको छ। पोखरा महानगरपालिका कृषि विकास शाखाका प्रमुख मनोहर कडरियाले वडा नं ११ स्थित काहुँ सिस्नेरीमा किसानलाई प्राङ्गारिक विधिबाट खेतीगर्न ज्ञानसीप उपलब्ध गराउने उद्देश्यले पाठशाला सञ्चालन गरिएको जानकारी दिए।

व्यावसायिक कृषिप्रति आकर्षण बढ्दै गएकाले स्थानीय किसानलाई रासायनिक मल र विषादीको प्रयोगबिना खेती गर्न र प्राङ्गारिक विधिबाट खेती गर्न अभिप्ररित गर्न पाठशालामा ज्ञानसीप सिकाइने छ। हाल ३५ जना किसानको सहभागितामा काँक्रो बाली लक्षित १६ हप्ते पाठशाला सञ्चालन गरिएको कडरियाले बताए।

पाठशालाको सिकाइलाई प्रभावकारी बनाउन गडेउला, खपटे, खुम्रे, पुतली र औँंसा गरी पाँच समूह बनाइ प्राविधिकसहित प्रयोगात्मक सिकाइसमेत भइरहेको समूहका सदस्य पार्वतीदेवी आचार्यले बताइन्।

पाठशालाका लागि किसानले गत चैत १६ गते भक्तपुरे लोकल जातको काँक्रोका बेर्ना रोपेका र अहिले सोही बालीका बारेमा सिक्ने तथा सिकाउने काम भइरहेको अर्का सदस्य सुभद्रा आचार्यले जानकारी दिइन्।

पाठशालाका लागि महानगरपालिकाले रु एक लाख विनियोजन गरेको छ। रासस

प्रकाशित: १९ वैशाख २०८१ १४:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × one =