कालीकोटको गविराममा जिप दुर्घटना, तीन जनाको मृत्यु

हिमाल प्रेस २८ जेठ २०८० ७:५०
10
SHARES
कालीकोटको गविराममा जिप दुर्घटना, तीन जनाको मृत्यु

कालीकोट– कालीकोटको शुभकालिका गाउँपालिका-६ गविरामा गए राति लु. १ च ८४९८ नम्बरका जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ।

कालीकोटको बेउली पान्तडी सडकखण्डको चौकी बजारबाट हाउडी हुँदै शुभकालिकातर्फ जाँदै गरेको उक्त जिप शुभकालिका-६ गविराममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ।

दुर्घटनामा परेर जिप चालक शुभकालिका-२ का ३० वर्षीय हर्क विश्वकर्मा, शुभकालिका-८ का ३१ वर्षीय रामबहादुर शाही र दैलेख नौमुले-३ का २५ वर्षीय गोपाल सलामीमगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी प्रमुख जयश्वर रिमालले जानकारी दिए।

दुर्घटनाको कारण खुल्न नसकेको र घटनाबारे अनुसन्धान भइरहेको उनले बताए।

‘मध्यरातको समयमा दुर्घटना भएकाले दुर्घटनाको कारण खुल्न सकेको छैन,’ उनले भने, ‘जिपमा सवार तीनै जनाको मृत्यु भएको, देख्ने र घाइते अन्य नभएकाले पनि दुर्घटनाका कारण खुल्न सकेन।’

प्रकाशित: २८ जेठ २०८० ७:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 1 =