मकवानपुरमा सडक दुर्घटना, दुईको मृत्यु

हिमाल प्रेस ९ कार्तिक २०८० ९:०२
8
SHARES
मकवानपुरमा सडक दुर्घटना, दुईको मृत्यु

हेडौँडा– मकवानपुरका भएका दुई फरकफरक सडक दुर्घटनामा दुई जनाको ज्यान गएको छ। मकवानपुरको हेटौँडा–१५ स्थित रातोमाटेमा बिहीबार बिहान हाइड्रा क्रेन दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

बिहान पौने ६ बजे रातोमाटेस्थित पूर्वपश्चिम राजमार्गखण्डमा चुरियामाईबाट हेटौँडातर्फ गुडिरहेको ना१क ६०५५ नको हाइड्रा क्रेन आफैँ अनियन्त्रित भई सडकको छेउमा पल्टिँदा विश्रामपुर बस्ने वर्ष १८ का सहचालक विपिन महतोको मृत्यु भएको हो। प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार

क्रेनले च्यापिएको अवस्थामा रहेका उनलाई स्थानीयवासीको सहयोगमा निकालिएको थियो। उपचारका लागि हेटाैँडा अस्पताल पठाएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए।

यसैगरी काठमाडौँ-कुलेखानी हेटौँडा सडकखण्डअन्तर्गत भीमफेदी गाउँपालिका-६ जुरीखेतमा काठमाडौँबाट हेटौँडातर्फ गुडिरहेको ०२–०२७–प ४८४२ नं को स्कुटर बुधबार दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा ६२ वर्षीया राज्यश्री थापा क्षेत्री छिन्।

प्रहरी नायब उपरीक्षक भण्डारीका अनुसार स्कुटर चालक काठमाडौँ महानगरपालिका–२७ बस्ने वर्ष ६५ का शशीराज पाण्डे घाइते भएका छन्। उनको हेटौँडा अस्पतालमा भइरहेको छ।

प्रकाशित: ९ कार्तिक २०८० ९:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 20 =