नीति तथा कार्यक्रमले प्राथमिकता तय गर्न सकेन : राजेन्द्र लिङ्देन

हिमाल प्रेस ८ जेठ २०८० १४:५९
2
SHARE
नीति तथा कार्यक्रमले प्राथमिकता तय गर्न सकेन : राजेन्द्र लिङ्देन

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारको नीति तथा कार्यक्रमले आगामी प्राथमिकता तय गर्न नसकेको बताएका छन्।

सोमबार नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा लिङ्देनले नीति तथा कार्यक्रमले वर्तमान आर्थिक संकटको योजना ल्याउन नसकेको र आगामी प्राथमिकता तय गर्न नसकेको बताएका हुन्।

नीति तथा कार्यक्रम पुनर्लेखन गर्नुपर्ने उनको सुझाव थियो। नीति तथा कार्यक्रममा जनयुद्ध शब्द राखेर आत्मरतिमा रमाउँदा त्यसले केही फरक नपर्ने भन्दै देश र जनतामा फरक पार्ने कार्यक्रम आउनुपर्ने उनले बताए।

मुलुकको अवस्था सामान्य नरहेको र देशले आर्थिक संकट भोगिरहेको अवस्थामा यसको समाधानका उपायसहितको कार्यक्रम आउनुपर्ने उनले बताए।

प्रकाशित: ८ जेठ २०८० १४:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 1 =