बझाङमा हिमपहिरोमा परी १ जनाको मृत्यु, दुई बेपत्ता

हिमाल प्रेस ७ जेठ २०८० १९:५९
8
SHARES
बझाङमा हिमपहिरोमा परी १ जनाको मृत्यु, दुई बेपत्ता फाइल तस्बिर

बझाङ- बझाङमा हिमपहिरोमा परी १ जनाको मृत्यु भएको छ। यार्सागुम्बा संकलनमा गएका बेला आइतबार दिउँसो हिमपहिरो जाँदा १ जनाको मृत्यु भएको छ। साथै २ जना घाइते भएका र २ जना बेपत्ता रहेका जिल्ला प्रहरीका कार्यालय बझाङले जानकारी दिएको छ।

बझाङको सुर्मा गाउँपालिका-२ मा पर्ने धानशेरा भन्ने ठाउँमा हिमपहिरो जाँदा घटनास्थलमै २ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

बझाङ सहायक प्रमुख जिल्ला अधिकारी सत्यकुमारी जोशीले घटनाको जानकारी हुनासाथ नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली घटनास्थलतर्फ गएको जानकारी दिइन्। हिमपहिरोमा पर्नेहरूको परिचय नखुलेको सहायक प्रमुख जिल्ला अधिकारी जोशीले बताइन्। रासस

बझाङमा हिमपहिरो, केही व्यक्ति सम्पर्कविहीन

प्रकाशित: ७ जेठ २०८० १९:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × five =