दार्चुला हिमपहिरो अपडेट : तीन जनाको शव भेटियो

हिमाल प्रेस २० वैशाख २०८० १३:०७
6
SHARES
दार्चुला हिमपहिरो अपडेट : तीन जनाको शव भेटियो हिमपहिरोमा परेर सम्पर्कविहीन भएकाहरूको उद्धारमा खटिएको टोली।तस्बिर : रासस

दार्चुला- दार्चुलाको व्यास गाउँपालिका-१ मा आज (बुधबार) हिमपहिरोमा परी सम्पर्कविहीन रहेका पाँच जनामध्ये दुई महिला र एक पुरुषको शव फेला परेको छ।

मंगलबारदेखि हिमपहिरोमा परी सम्पर्कविहीन रहेका यार्सा संकलकमध्ये सात जनालाई सशस्त्र प्रहरीले उद्धार गरेको थियो भने पाँचजना सम्पर्कविहीन थिए।

दार्चुलाको छाङरुमा रहेको सशस्त्र प्रहरी बल ५० नम्बर गुल्मका गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक ईश्वरीदत्त भट्टले बेपत्ता भएको ठाउँबाट करिब अढाइ किलोमिटर तल हिउँभन्दा बाहिर तीन शव भेटिएको जानकारी दिए। ‘शव भेटिएपछि स्थानीय, नेपाल प्रहरी र हाम्रो टोली घटनास्थल पुगिसकेको छ,’ उनले भने, ‘शव भेटिए पनि पहिचान भने खुलिसकेको छैन।’

म‌ंगलबार दिउँसोबाट सशस्त्रको टोली उद्धार तथा खोजीमा खटिएको भए पनि लगातारको हिमपात र वर्षाका कारण कठिनाइ भइरहेको थियो। ‘हिजो (मंगलबार) पनि राति साढे ९ बजेसम्म खोजीमा जुट्यौँ,’ उनले भने, ‘आज पनि बिहानबाट टोली खटिएको छ।’ उनका अनुसार सो क्षेत्रमा यार्सा संकलकहरू त्रिपालमा बसिरहेका थिए। -रासस

प्रकाशित: २० वैशाख २०८० १३:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 4 =