सिक्किमको हिमपहिरोमा तीन नेपालीको मृत्यु

हिमाल प्रेस २२ चैत २०७९ १०:१९
4
SHARES
सिक्किमको हिमपहिरोमा तीन नेपालीको मृत्यु

काठमाडौँ- भारत सिक्किममा मंगलबारको हिमपहिरोमा परेर तीन नेपाली नागरिकको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन्। हिमपहिरोमा परेर ज्यान गुमाएका सात जनामध्ये तीन जना नेपाली नागरिक रहेको खुलेको हो।

त्यस्तै घाइते भएका १३ जना मध्ये तीन जना नेपाली नागरिक रहेको जनाइएको छ। हिमपहिरोमा परी नेपालका तीन जना, भारतको उत्तर प्रदेशका दुई जना र पश्चिम बंगालका दुई जनाको ज्यान गएको हो।

गान्तोक जिल्ला कलेक्टरले जारी गरेको सूचीअनुसार ज्यान गुमाउनेमा चितवन नेपालका शिवप्रसाद लामिछाने, २२ वर्षकी आशिका ढकाल र रुपन्देहीकी २९ वर्षीया मुना शाह श्रेष्ठ रहेका छन्।

त्यसै गरी उत्तर प्रदेशका ३२ वर्षका बल सिंह र ६ वर्षकी रेव्या सिंह, पश्चिम बंगालका २८ वर्षका सौरभ रोय चौधरी र ३८ वर्षका प्रितम मतिएको मृत्यु भएको छ। घाइते भएका १३ जना मध्ये ७ जनालाई गान्तोकको एसटीएनएम अस्पतालमा सामान्य उपचारपछि डिस्चार्ज गरिएको छ भने ६ जनाको उपचार भइरहेको छ।

प्रकाशित: २२ चैत २०७९ १०:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 3 =