नीति तथा कार्यक्रम : योजना आयोगलाई पुनर्संचना गरिने

हिमाल प्रेस ५ जेठ २०८० १९:४८
4
SHARES
नीति तथा कार्यक्रम : योजना आयोगलाई पुनर्संचना गरिने

काठमाडौँ- सरकारले राष्ट्रिय योजना आयोगलाई पुनर्संरचना गर्ने घोषणा गरेको छ। शुक्रबार संसद्‌मा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले राष्‍ट्रिय योजना आयोगलाई पुनःसंरचना गरी नीति¸योजना तथा अनुगमनको केन्द्रीय निकायको रूपमा विकास गरिने बताएका हुन्।

यस्तै, नीति अनुसन्धानमा रहेको संस्थागत दोहोरोपना हटाउने सरकारको योजना छ। सार्वजनिक क्षेत्रबाट हुने अध्ययन, अनुसन्धान विश्‍वविद्यालयमार्फत् गराइने राष्ट्रपति पौडेलले बातए। यसैगरी, तथ्यमा आधारित नीति तर्जुमाका लागि राष्‍ट्रिय तथ्यांक प्रणालीको संस्थागत सुदृढीकरण गरिने उनले बताए।

प्रकाशित: ५ जेठ २०८० १९:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + twelve =